राष्ट्रिय
-
२०८१ पौष २४, बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पर्सा - वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । “बढ्दो...
-
२०८१ पौष २४, बुधबार
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द
काठमाडौं- चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ९५ जनाको मृत्यु भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार चोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका...
-
२०८१ पौष २४, बुधबार
चीन भूकम्पबाट नेपालमा १३ घाइते
काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते भएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौंमा १, बारामा ११ काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन् । उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको...
-
२०८१ पौष २३, मंगलबार
भूकम्प अपडेट : तिब्बतको शिगासेमा ७ रिक्टरस्केलको भूकम्प
काठमाडौँ - चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । ...
-
२०८१ पौष २३, मंगलबार
काठमाडौंमा भूकम्पको धक्का, ५.३ रिक्टरस्केलको केन्द्रबिन्दु तिब्बत शिगासे
काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतको शिगासे क्षेत्रमा गएको ५.३ रिक्टर स्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकाबासीले समेत चाल पाएका छन् । भूकम्पका कारण उपत्यकाबासी सडकमा निस्केका थिए । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
-
२०८१ पौष २२, सोमबार
माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ
काठमाडौं- माघेसङ्क्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि...
-
२०८१ पौष २२, सोमबार
सार्वजनिक यातायातको भाडादर बढ्यो
काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
-
२०८१ पौष २१, आइतबार
नेवाः देय् दबू काठमाडौं महानगर समितिको अध्यक्षमा अर्विन्द्रमान सिं
नेवाः देय् दबूको केन्द्रिय महाधिवेशन नजिकिंदै गर्दा काठमाडौं महानगर समितिको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। छत्रपति पार्टी प्यालेसमा सम्पन्न सो अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बिहान सांस्कृतिक बाजासहित क्षेत्रपाटी पार्टी प्यालेसबाट सुरु भएको र्याली दुर्गालाल चोक, थँहिटी, कुसुमाबियालाची, असन, जनबहाल, नयाँसडक, बसन्तपुर, प्याफल, नरदेवी हुँदै पार्टी प्यालेसमा पुगेर समापन...
-
२०८१ पौष १८, बिहिबार
प्रहरीलाई रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिले सम्पदा सुरक्षार्थ प्रहरी वृत्त थिमिको ध्यानाकर्षण गराएको छ । पार्टीका नगर सभापति न्हुछेरत्न मानन्धर नेतृत्वको समितिले प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमसागर केसीलाई भेटेर नगरमा सुरक्षा व्यवस्था थप व्यवस्थित बनाउन आग्रह गरेको हो । पुस १२, १३ र १४ गते सम्पन्न भएको मध्यपुर महोत्सव २०८१ को बखत गोप्य सम्पदा समेत सार्वजनिक प्रदर्शनीमा ल्याइएको...
-
२०८१ पौष १८, बिहिबार
सिन्धुपाल्चोक भूकम्पले काठमाडौंमा धक्का
काठमाडौं - सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि, गत मंगलबार बिहान ७:५४ बजे बैतडी केन्द्रविन्दुर बनाएर ४.६ म्याग्निच्युडको भूकम्प...
-
२०८१ पौष १८, बिहिबार
प्रधानमन्त्री ओलीद्वारा बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त
काठमाडौं - बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।...
-
२०८१ पौष १५, सोमबार
आज ‘तमु ल्होसार’
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले...


