राष्ट्रिय
-
२०८१ पौष १५, सोमबार
फेवातालमा ड्रागन बोट’
काठमाडौं - नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल आजदेखि सुरु भएको छ । फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोली खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आज र भोलि सञ्चालन हुनेछ । रेस विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार...
-
२०८१ पौष १४, आइतबार
फोनिजलाई सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार
शिक्षा अभियन्ताका रुपमा परिचित स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लाई संस्थागत रूपमा प्रदान गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार राजधानीमा आयोजित एक समारोहबिच सो पुरस्कार फोनिजलाई प्रदान गरेको हो । नेपालमा पत्रकारहरुलाई पहिलो पटक संङ्गठित गरी त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक...
-
२०८१ पौष १, सोमबार
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी
काठमाडौं - नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा चार हजार २८२ मतसहित विजयी भएकी हुन् । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी चार हजार २३० मतका साथ विजयी भएका हुन् । महिला उपाध्यक्षमा नितु पण्डितले चार हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द चारहजार २९२ मतका साथ...
-
२०८१ मङ्सिर ३०, आइतबार
गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियोः प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने...
-
२०८१ मङ्सिर ३०, आइतबार
योमरीः पाञ्चाल देश (पनौती) बाट प्रचलन भएको विश्वास
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, आज योमरी पूर्णिमा थिंला पुन्हि हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ । हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो, जसलाई अहिले काभ्रेपलाञ्चोकको पनौती भनिन्छ । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एकजना राजकुमारले...
-
२०८१ मङ्सिर ३०, आइतबार
आज नेवार समुदाय हर्षोल्लासका साथ योमरि पुन्हि मनाउँदै
काठमाडौँ - नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले योमरी पुन्हि (पूर्णिमा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला...
-
२०८१ मङ्सिर ३०, आइतबार
आज किरात समुदायको उधौली पर्व
काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई बताउँछन् । ...
-
२०८१ मङ्सिर २८, शुक्रबार
पत्रकार महासङ्घको निर्वाचन आज
काठमाडौं - आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन् । प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस...
-
२०८१ मङ्सिर २८, शुक्रबार
८ जना डीआईजीको बढुवा
नेपाल प्रहरीमा बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले जिम्मेवारी पाएका छन्। सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरूलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरूको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश...
-
२०८१ मङ्सिर २६, बुधबार
रास्वपाका सभापति लामिछानेको बयान सकियो
वीरगञ्ज (पर्सा), पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा...
-
२०८१ मङ्सिर २६, बुधबार
प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनाआयुक्तको शपथ
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ...
-
२०८१ मङ्सिर २६, बुधबार
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ, काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम...


