STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ कार्तिक ११, आइतबार

    चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

    काठमाडौं - नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले...

  • २०८१ कार्तिक ८, बिहिबार

    नयाँ वर्ष ११४५ भब्य रूपमा मनाउन विभिन्न उप–समितिको बैठक

      नयाँ वर्ष ११४५ भब्य रूपमा मनाउनका लागि राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा  नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४५ सचिवालयको विभिन्न  उप–समितिको बैठक बसेर नयाँ वर्ष मनाउने  तयारी भईरहेको जानकारी प्राप्त भएको छ । सचिवालयले दिएको  जानकारी अनुरूप नयाँ वर्ष मनाउनका लागि २२ वटा  उप–समिति गठन गरिएको छ । यसरी गठन गरिएको उपसमितिको छुट्टाछुट्टै भेला आयोजना गरी तयारी अगाडि बढाइएको  जानकारी...

  • २०८१ कार्तिक ४, आइतबार

    अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो।  गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन्। आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि...

  • २०८१ कार्तिक ४, आइतबार

    भूमि तथा नापी र गुठी ऐन संशोधनको मस्यौदा तयार भइसकेको छः मन्त्री अधिकारी

    रसुवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आम किसानको हितमा भूमि तथा नापी र गुठी ऐन संशोधन गर्न मस्यौदा तयार भइसकेको बताउनुभएको छ । रसुवाका बासिन्दामाझ विर्ता तथा गुठी जग्गामा परिरहेको समस्या समाधान गराउन भूमि अधिकार मञ्च रसुवाले दक्षिणी भेगको कालिकास्थानमा आज आयोजना गरेको ‘सामाजिक  न्याय र समुन्नतिका लागि भूमि अधिकार, विर्ता समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीलाई...

  • २०८१ कार्तिक ४, आइतबार

    राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छः सञ्चार मन्त्री गुरुङ

    काठमाडौँ, ४ कात्तिक स् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।   राष्ट्रिय समाचार समिति ९रासस०ले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले  सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनुभयो ।...

  • २०८१ कार्तिक ४, आइतबार

    थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग

        कञ्चनपुर,थारू समुदायका अगुवाहरूले पुस्तौँदेखि चल्दै आएका प्रथाजन्य कानुनलाई सरकारले कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । थारू कल्याणकारिणीसभाको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा आज आयोजित नेतृत्व विकास तथा प्रथाजन्य कानुनसम्बन्धी सचेतना कार्यक्रममा सहभागी अगुवाहरूले बरघर प्रथालाई वैधानिकता दिनुपर्नेमा जोड दिएका हुन् । थारू बुद्धिजीवी बलबहादुर डगौराले परम्परादेखि चल्दै आएको प्रथालाई...

  • २०८१ कार्तिक ३, शनिबार

    न्हूदँ ११४५ समारोह समितिको अध्यक्षमा श्रेष्ठ

      काठमाडौँ,यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउन न्हूदँ ११४५ समारोह समितिमा नेवाः अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिनु भएको छ । न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्यको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समयदेखि सक्रिय रहिआउनु भएका उहाँ...

  • २०८१ कार्तिक १, बिहिबार

    तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने

    काठमाडौँ, १ कात्तिकः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा...

  • २०८१ कार्तिक १, बिहिबार

    रासस नेपाल भाषा समाचार सेवा’ सुरु भएकामा स्वागत

    काठमाडौँ, नेपाल भाषा समुदाय र सम्बद्ध विभिन्न  सङ्घसङ्गठनले राष्ट्रिय समाचार समितिबाट ‘नेपाल भाषा समाचार सेवा’ आरम्भ भएकामा खुसी व्यक्त गर्दै स्वागत गरेका छन् । नेवा देय् दबु, नेपाल भाषा एकेडेमी, काठमाडौँ महानगरपालिका, भाषा आयोग, विराट् नेपाल भाषा सम्मेलन, न्हूदँ समारोह समिति, मङ्का खलःका प्रतिनिधि, सञ्चारकर्मी, पूर्वमन्त्री तथा  भाषिक आन्दोलनका अगुवाले रासस कार्यालयमा उपस्थित भएर यसको...

  • २०८१ आश्विन ३०, बुधबार

    देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

      काठमाडौँ, देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु...

  • २०८१ आश्विन ३०, बुधबार

    मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

    महोत्तरी, मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् ।...

  • २०८१ आश्विन ३०, बुधबार

    राससले मैथिली र नेपाल भाषामा शुभारम्भ गरेकामा स्वागत

    धनुषा, राष्ट्रिय समाचार समिति ९रासस०ले मङ्गलबारदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेकामा जिल्लास्थित विभिन्न सङ्घसंस्थाले स्वागत गरेका छन् । मुलुकमै नेपाली भाषापछि बढी बोलिने मैथिली भाषामा राससले समाचार सेवा सुरु गरेपछि मधेस प्रदेशमा खुसियाली व्यक्त गरिएको छ । विसं २०८० माघमा अवधी भाषामा समाचार सेवा थालनी गरेको राससले सोमबारदेखि परीक्षणका रुपमा मैथिली र नेपाल भाषामा समेत...

Pages