राष्ट्रिय
-
२०८१ आश्विन १७, बिहिबार
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने
काठमाडौँ, सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ...
-
२०८१ आश्विन १७, बिहिबार
मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै
महोत्तरी, प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र...
-
२०८१ आश्विन १७, बिहिबार
हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो
दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो । हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट...
-
२०८१ आश्विन १६, बुधबार
दसैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान
काठमाडौ- बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान साढे ४ बजेदेखि खुला हुने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ। यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा...
-
२०८१ आश्विन १६, बुधबार
विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता
काठमाडौं- पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ। बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन्। हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा ८, उपत्यकामा १०१, बागमतीमा १०८ र लुम्बिनीमा २ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। बाढीपहिरोबाट मुलुकभर १ हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र...
-
२०८१ आश्विन १५, मंगलबार
बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु, २५ जना बेपत्ता
काठमाडौं- केही दिनअघिको परेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा दुई सय २६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्। मङ्गलबार ६ बजेसम्मको तथ्याङ्कअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढीको उद्धार गरेका छन्। यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ। यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि...
-
२०८१ आश्विन १५, मंगलबार
दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव
काठमाडौँ, वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । यही असोज...
-
२०८१ आश्विन १५, मंगलबार
विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता
प्रगति ढकाल , राससललितपुर, १५ असोजः गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म...
-
२०८१ आश्विन १५, मंगलबार
हवाई जहाजको भाडा नियन्त्रण गर्न अखिलको माग
काठमाडौँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । “भर्खरै मात्र अविरल वर्षाले...
-
२०८१ आश्विन १४, सोमबार
जारको पिउने पानीमा दिसापिसाबका कीटाणु
काठमाडौं- सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा यस्तो भेटिएको हो। विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा...
-
२०८१ आश्विन १४, सोमबार
बाढीपहिरोमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता
काठमाडौं- अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए। बाढीपहिरो प्रभावितलाई...
-
२०८१ आश्विन १३, आइतबार
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय...


