राष्ट्रिय
-
२०८१ आश्विन ९, बुधबार
देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ, नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । “बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय...
-
२०८१ आश्विन ८, मंगलबार
जावलाखेलमा दशैं महोत्सव हुने
दशैं नजिकिँदै गर्दा दशैं सम्बन्धि विभिन्न खालका मेलाहरु पनि सुरु भएको छ । यसै क्रममा दशैं अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । २०८१ असोज ११ गते देखि सुरु हुने सो महोत्सव असोजको २२ गतेसम्म चल्ने छ । औधोगिक शान्ति नेपाल संस्थाले यस महोत्सवको आयोजना गर्न लागेको हो । यो सँस्थाले विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै आएको छ ।...
-
२०८१ आश्विन ८, मंगलबार
दलित गाउँका पहिलो शिक्षक
बागलुङ०,असोजः बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल...
-
२०८१ आश्विन ७, सोमबार
संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे
मोरङ,सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिनुभयो ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताउनुभयो । त्यसअवसरमा उहाँले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताउनुभयो । सभामुख घिमिरेले...
-
२०८१ आश्विन ७, सोमबार
भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गर्नुभएको हो । “राष्ट्रकवि घिमिरेका...
-
२०८१ आश्विन ६, आइतबार
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
काठमाडौँ - दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात...
-
२०८१ आश्विन ६, आइतबार
आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धिजस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाले तिनको सामना गर्न शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले आज...
-
२०८१ आश्विन ५, शनिबार
सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
काठमाडौँ, विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ । नेपाली कांग्रेसका नेता तथा...
-
२०८१ आश्विन ४, शुक्रबार
समाचार समितिले छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने
राष्ट्रिय समाचार समिति (रासस) ले अब छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने भएको छ । नेपालभाषामा समाचार सेवा संचालन गर्नको निम्ति हिजो राससले आफ्नो कार्यालयमा नेपालभाषाका अगुवा पत्रकारहरूसँग एक छलफल कार्यक्रमको आयोजना ग¥यो । छलफल कार्यक्रममा बोल्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यको समावेशीताको नीतिलाई अवलम्वन गर्ने बताउनुभयो । उहाँले राससको तर्फबाट विभिन्न भाषामा समाचार...
-
२०८१ भाद्र ३०, आइतबार
भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
काठमाडौँ - सरकारले भोलि मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै सोमबार मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस)का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको...
-
२०८१ भाद्र २९, शनिबार
अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन
काठमाडौँ, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले आज अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् । अर्धनग्न र अन्य सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा...
-
२०८१ भाद्र २९, शनिबार
‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’
ललितपुर , प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताउनुभएको छ । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक...


