relans
ni new 83
nib 2082 5

बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु, २५ जना बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १५, मंगलबार

काठमाडौं- केही दिनअघिको परेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा दुई सय २६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्।

मङ्गलबार ६ बजेसम्मको तथ्याङ्कअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढीको उद्धार गरेका छन्। यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। 

त्यस्तै, अवरूद्ध सडक बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ। 

Categorized in राष्ट्रिय
ppp 2