relans
ni new 83
nib 2082 5

'गौरी अनन्त सिरपाः' नेवाः सूचना केन्द्रलाई प्रदान

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २७, आइतबार

काठमाडौं - लोकसाहित्य परिषद्ले प्रदान गर्दै आएको पाँच पुरस्कारमध्ये 'गौरी अनन्त सिरपाः' सत्यमोहन लोकसाहित्य भवन बखुंबहालमा शनिबार नेवाः सूचना केन्द्रलाई प्रदान गरेको छ।

नेपालभाषा साहित्य, संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रमबारे नेवाः सूचनाको प्रवाहक भई कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दै आएको योगदानको कदर स्वरूप नगद राशि रु. ५० हजारसहितको पुरस्कार नेपालभाषाको अभियन्ता मल्ल के. सुन्दरले नेवाः सूचना केन्द्रलाई प्रदान गर्नुभयो।

सोही अवसरमा सत्यमोहन जोशीको कवितासङ्ग्रह 'चखुचां हाःगु म्ये' पुनर्संस्करण गरी राजु महर्जन जुजुको कृति 'चखुचां हाःगु म्ये हाकनं छकः' नेवाः देय् दबूको अध्यक्ष पवित्र बज्राचार्य, लोकसाहित्य परिषद्‌को अध्यक्ष राजितबहादुर श्रेष्ठ, नेवाः सूचना केन्द्रका अध्यक्ष रमिता वज्राचार्य र पुरस्कारदाता बिपुल श्रेष्ठले सामूहिक विमोचन गर्नुभयो ।

निरङ्कुश राणाकालमा नेपालभाषालाई जति दमन गर्यो त्यत्ति नै जोश, जाँगर र साहसको नमुनास्वरूप प्रेमबहादुर कसाःले च्वसापासा, नेपालभाषा हस्तलिखित ग्रन्थको सङ्ग्रहालय आशा सफूकुथि, चित्तधर हृदयले नेपालभाषा परिषद् स्थापना गरेर जानुभएको कुरा मल्ल के. सुन्दरले कार्यक्रममा पुनःस्मरण गराउनुभएको थियो ।

Categorized in राष्ट्रिय
ppp 2