STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० भाद्र २९, शुक्रबार

    प्रधानमन्त्री स्वदेश नफर्केसम्म प्रतिनिधिसभा बैठक नबस्ने

    काठमाडौं - प्रतिनिधसभाको बैठक आगामी असोज १४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको छ। संघीय संसदका दुवै सदनको बैठक एकैपटक लामो समयका लागि स्थगित हुनुलाई राम्रो मानिएको छैन । संसद सचिवालयका अनुसार बैठक लामो समय रोकिनुका पछाडि सदनमा बिजनेस नहुनु, प्रधानमन्त्री र सभामुखको विदेश भ्रमण रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघ र चीनको औपचारिक...

  • २०८० भाद्र २७, बुधबार

    सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

    काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। सुन प्रकरणमा ५० जना प्रतिवादी बनाइएको छ। सुन प्रकरणमा...

  • २०८० भाद्र २७, बुधबार

    संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बागमती सरकारको निर्णय

    काठमाडौं - बागमती प्रदेश सरकारले आफ्नो अधिकार हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार संविधानले प्रदत्त गरेको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा हाल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय...

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा

    काठमाडौं- संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ । नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो । अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।

  • २०८० भाद्र २६, मंगलबार

    एमालेका सबै कार्यक्रम स्थगित, उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालयमा राखिने

    काठमाडौं - नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ। एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज बिहान १ : ४० बजे निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल...

  • २०८० भाद्र २६, मंगलबार

    सुवास नेम्वाङको अप्रत्यासित निधन स्तब्ध भएँ : राष्ट्रपति

    काठमाडौं - संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सम्माननीय...

  • २०८० भाद्र २४, आइतबार

    ललिता निवास जग्गा प्रकरण : गुरुङ दुई करोड ४६ लाख धरौटीमा थुनामुक्त, अन्य पनि धरौटीमा छुट्ने

    काठमाडौं - जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो। अदालतका...

  • २०८० भाद्र २३, शनिबार

    कोशीमा स्थिर सरकार कति सम्भव ?

    काठमाडौं - सर्वोच्चको परमादेशले कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठन भयो । संविधनको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले कार्की मुख्यमन्त्री त बने । तर, कार्की नेतृत्वको सरकारले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास प्राप्त गर्न सक्ला ? अस्पष्ट संसदीय अंकगणितले कोशीमा स्थिर सरकार सम्भव छ ? कि अब कोशी मध्यावधिकै बाटोमा त होइन ? यावत प्रश्नले...

  • २०८० भाद्र २१, बिहिबार

    कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न सर्वाेच्चको परमादेश

    काठमाडौं - सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले लिएको विश्वासको मत बदर गरेसँगै उनी पदमुक्त भएका हुन् । इजलासले अबको ४८ घण्टाभित्र संविधानको धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ। उक्त आदेशसँगै...

  • २०८० भाद्र २१, बिहिबार

    संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री भदौ ३० मा न्युयोर्क जाने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी भदौ ३० मा न्युयोर्क जाने भएका छन् । उनी असोज ४ गतेसम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउदसँगै...

  • २०८० भाद्र २१, बिहिबार

    यादवमाथिकाे आक्रमणबारे छानविन गर्न माग

      काठमाडौँ,  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा बोल्दै लेखकले भन्नुभयो, “ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी...

  • २०८० भाद्र २१, बिहिबार

    कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

    काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि तीन चारजनाको समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइते भएका छन् ।पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद...

Pages