STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रवि लामिछानेसहितलाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३१, सोमबार

काठमाडौँ - ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।

समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् ।’

समितिले कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने पनि प्रस्ट पारेको छ ।

रवि लामिछाने भन्छन्- ठगी नगरेको प्रमाणित

सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले कारवाहीको सिफारिश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेले आफुले सहकारी ठगि गरेको आरोपबाट मुक्त भएको बताएका छन् ।

संसद बैठकपछि बाहिर निस्किने क्रममा सभापति लामिछानेले आफुले प्रबन्ध निर्देशकको रुपमा काम गरेको र आफुले सहकारी ठगेको भन्ने विषय प्रमाणित नभएको बताएका हुन् ।

उनले भनेका छन्- ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन । आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला । मुल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो । मलाई सहकारी ठग भनिएको थियो । प्रतिवेदन चाहिँ हेर्न पाएको छैन । तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ ।’ 

Categorized in राजनीति