STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेन समर्थकका प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १९, बुधबार

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबीच टसल देखिएसँगै अनफलो अभियान चलेको हो।

प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा यो अभियान पछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ। अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६० हजारले घटेका हुन्।

बालेन शाहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन्।  आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।’

उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन्। त्यसो त एमाले र बालेनबीच काठमाडौंको नदी किनाराको २० मिटर क्षेत्र खाली गराउने विषयमा पनि विवाद छ। एमालेले यसविरुद्ध संगठितरुपमै विरोध र ज्ञापनपत्र काठमाडौं महानगरलाई बुझाएको छ।

यो विषय महानगरकै नगरसभामा पनि प्रवेश भएको छ।  मंगलबारको बैठकमा उपमेयरले सुनिता डंगोल र केही वडाध्यक्षहरुले पनि बालेनको आलोचना गरेका थिए। 

Categorized in राजनीति