STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० मङ्सिर ४, सोमबार

    निषेधाज्ञापछि युवा संघको प्रदर्शनस्थल तीनकुनेमा

    काठमाडौं- युवा संघले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।  जिल्ला प्रशासन कार्यालयले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो...

  • २०८० मङ्सिर ४, सोमबार

    माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै...

  • २०८० मङ्सिर ४, सोमबार

    भूकम्प प्रभावितका लागि घर बनाउने टोली पठाउने कांग्रेसको निर्णय

    काठमाडौं - नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरूका लागि घर बनाउन जाजरकोट र रुकुम पश्चिममा दक्ष जनशक्तिसहितको टोली पठाउने निर्णय गरेको छ ।  सोमबार बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले भूकम्प प्रभावितका लागि घर बनाइदिन इन्जिनियर र डकर्मीसहितको टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित जाजरकोट र...

  • २०८० मङ्सिर ४, सोमबार

    टिकटक प्रतिबन्धविरुद्ध प्रयोगकर्ता आन्दोलित

    काठमाडौं- सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका छन् । गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् । उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन, फेसबुकमा लगाउनु...

  • २०८० मङ्सिर १, शुक्रबार

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं– भिडिओ सेयरिङ एप ‘टिकटक’ प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ ।  टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय फिर्ताको मागप्रति परेका रिट निवेदन दर्ता गरिएको सर्वोच्चले जनाएको छ ।  आज (शुक्रबार) उक्त एप प्रतिबन्धविरुद्ध ८ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतले बताएको छ ।  सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि यहीँ मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । त्यसका...

  • २०८० कार्तिक २९, बुधबार

    टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

    काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को...

  • २०८० कार्तिक २९, बुधबार

    अब सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने

    काठमाडौं - सरकारले नेपाल संवत् पनि सरकारी कागजताहरुमा उल्लेख गर्ने निर्णय गरेको छ ।  सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कातिक २८ गते नेपाल संवत् ११४४ नेपाल सरकारको डकुुमेन्टमा (कागजात)मा उल्लेख गर्ने निर्णय भएको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन ।  राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात...

  • २०८० कार्तिक २९, बुधबार

    नेपाल संवत् सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो : सभामुख घिमिरे

    काठमाडौँ -  सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवत्ले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं...

  • २०८० कार्तिक २६, आइतबार

    नेपाल सम्वत् सरकारी दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत्को रुपमा घोषणा गरिए पनि त्यसको व्यावहारिक कार्यान्वयन निकै कम भएको भन्दै आफ्नै पालामा सरकारी दस्तावेजमा लेख्ने गरी व्यावहारिक प्रयोगमा लैजाने प्रतिवद्धता जनाएका छन् । मानव अधिकारवादी तथा साहित्यकार पद्मरत्न तुलाधरको पाँचौ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत् घोषणा पनि...

  • २०८० कार्तिक २४, शुक्रबार

    उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे

    काठमाडौं - नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् । उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग बिदाइ भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग सोमबार राजदूत जो योङ मेनले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेको चौथो दिन...

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्प प्रभावित जाजरकोट र रुकुममा ५-५ करोड पठाउने सरकारको निर्णय

    काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको बैठकले भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप तत्काल ५-५ करोड पठाउने निर्णय भएको बताए। उनले भूकम्प प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र विपद् व्यवस्थापनका जनशक्तिहरू खटिएको बताए। शवहरू शनाखतका लागि विशेष टोलीसमेत प्रभावित...

  • २०८० कार्तिक १६, बिहिबार

    खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

    काठमाडौँ - राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यान्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भएको पहलका बारेमा जानकारी माग गरिन् । साथै उनले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले निःशुल्क पठाउने भने...

Pages