STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० कार्तिक १४, मंगलबार

    सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल : गुटेरेस

    काठमाडौं- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल रहेको भन्दै त्यसको टुंगो लगाउन नेपाल एक्लो नभएको बताएका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।  ‘सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न...

  • २०८० कार्तिक १४, मंगलबार

    महासचिव गुटरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।   गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई...

  • २०८० कार्तिक १४, मंगलबार

    कसलाई ‘महामहिम’, ‘सम्माननीय’ र ‘माननीय’ भन्ने ?

    काठमाडौँ - राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही...

  • २०८० कार्तिक ३, शुक्रबार

    कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान

    काठमाडौं- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम राखेको छ । कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए ।...

  • २०८० कार्तिक ३, शुक्रबार

    कात्तिक १२ गते संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउने

    काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। यसअघि महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने भनिए पनि इजरायल-प्यालेस्टाइन युद्धका कारण उनको भ्रमण स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले गुटेरेसको अनुकुलतामा...

  • २०८० कार्तिक १, बुधबार

    पार्टी खोलेर चुनाव लड्नुस् : पूर्वराजा शाहलाई नेपालको चुनौती

    काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन् । भक्तपुरमा बुधबार आयोजित दसैँ शुभकामना कार्यक्रममा नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई १० लाख राहत घोषणा

    काठमाडौं- सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोग स्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरु लाई नेपाल वायु सेवा निगम र हिमालयन एअरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने...

  • २०८० आश्विन २२, सोमबार

    इजरायल घटना विषय प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आव्हान

    काठमाडौँ - इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि...

  • २०८० आश्विन २१, आइतबार

    इजरायलका नेपालीहरूको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

    काठमाडौं - पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु-याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । नेपाल सरकारले अविलम्व कुटनीतिक...

  • २०८० आश्विन १९, शुक्रबार

    कोशी प्रदेशसभाको नौ महिनाको खर्च १५ करोड

    काठमाडौँ - कोशी प्रदेशसभाको दोस्रो कार्यकालको नौ महिनामा १४ करोड ७१ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। गत आवको पुस महिनादेखि चालू आवको भदौ मसान्तसम्मको अवधिमा सांसद, कर्मचारीको तलबभत्ता र घर मर्मतसम्भारलगायत शीर्षकमा १४ करोड ७१ लाख ९५ हजार ७३३ रुपैयाँ खर्च भएको हो। प्रदेशसभा सचिवालयका अनुसार २०७९ साल पुस ११ गतेदेखि २०८० भदौ मसान्तसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो। गत आर्थिक वर्ष (...

  • २०८० आश्विन १७, बुधबार

    ‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

    खजुरा नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।     कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।...

Pages