STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० भाद्र १९, मंगलबार

    सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउँछ : बालेन

      काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र)ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन्। सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०/९० करोडमै बन्न सक्ने बालेनको आँकलन छ। उनले नेपालमा...

  • २०८० भाद्र १७, आइतबार

    गौ हत्याविरुद्ध भदौ २७ गते राप्रपाको विरोध सभा

      काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते विरोध सभा गर्ने भएको छ। आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई दबाब सिर्जना गर्न र्‍यालीसहित विरोध सभा गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गौवंश हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्न...

  • २०८० भाद्र १७, आइतबार

    ‘हेलो सरकार’ अब २४ सै घण्टा सञ्चालनमा

      काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । आईतवार ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि...

  • २०८० भाद्र १७, आइतबार

    मेयर बालेनको स्पष्टीकरण : प्रसव पीडामा रहेकीलाई ट्राफिकको हप्काई दप्काइ

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शनिबार राति फेसबुक स्टाटसमा पोष्ट गरेको विषयमा पैदा भएकाे विवादका विषयमा सचिवालयमार्फत स्पष्टीकरण दिएका छन् । उनको स्वकिय सचिवालयका स्वकीय सचिव भुपदेव शाहले बुधबार प्रसव पीडामा रहेकी मेयर शाहकी पत्नीलाई अस्पताल लैजादै गर्दा भएकाे सवारीसाधन चेकजाँचका क्रममा ट्राफिकले रुखो बोलेर हप्काई दप्काइ गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा...

  • २०८० भाद्र १७, आइतबार

    एमालेको उच्चस्तरीय टोली चीन जाँदै

    काठमाडौँ - नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा प्रस्थान गरेका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य...

  • २०८० भाद्र १६, शनिबार

    सरकार साहसिक तरिकाले अगाडि बढेको छः प्रधानमन्त्री दाहाल

     काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताउनुभएको छ । सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको उल्लेख गर्दै उहाँले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै...

  • २०८० भाद्र १५, शुक्रबार

    ‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान

    काठमाडौँ, १५ भदौ सत्ताको नेतृत्व गरेको नेकपा ९माओवादी केन्द्र०ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ...

  • २०८० भाद्र १४, बिहिबार

    चुच्चे नक्सा नसमेटिएपछि बालेनद्वारा चीन भ्रमण रद्द

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका...

  • २०८० भाद्र १२, मंगलबार

    एमसीसी खारेजीको माग राख्दै बुधबार देशब्यापी विरोध प्रदर्शन गरिने

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) खारेज गर्न जोडदार माग गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक...

  • २०८० भाद्र १०, आइतबार

    राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण...

  • २०८० भाद्र ७, बिहिबार

    संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

    काठमाडौं - संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ । बिहीबारको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने जनाइएको छ । सभापतिको अभावमा संसदका कामकारबाहीहरु लापरबाही भएका छन् । निर्वाचनको अभावमा अहिलेसम्म संसदका ११ समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा संचालनमा हुँदै आएको छ । नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले ४, जनता...

  • २०८० भाद्र ७, बिहिबार

    नेता कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

    काठमाडौैँ,  नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा  दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो ।     पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा...

Pages