STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई १० लाख राहत घोषणा

    काठमाडौं- सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोग स्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरु लाई नेपाल वायु सेवा निगम र हिमालयन एअरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने...

  • २०८० आश्विन २२, सोमबार

    इजरायल घटना विषय प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आव्हान

    काठमाडौँ - इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि...

  • २०८० आश्विन २१, आइतबार

    इजरायलका नेपालीहरूको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

    काठमाडौं - पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु-याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । नेपाल सरकारले अविलम्व कुटनीतिक...

  • २०८० आश्विन १९, शुक्रबार

    कोशी प्रदेशसभाको नौ महिनाको खर्च १५ करोड

    काठमाडौँ - कोशी प्रदेशसभाको दोस्रो कार्यकालको नौ महिनामा १४ करोड ७१ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। गत आवको पुस महिनादेखि चालू आवको भदौ मसान्तसम्मको अवधिमा सांसद, कर्मचारीको तलबभत्ता र घर मर्मतसम्भारलगायत शीर्षकमा १४ करोड ७१ लाख ९५ हजार ७३३ रुपैयाँ खर्च भएको हो। प्रदेशसभा सचिवालयका अनुसार २०७९ साल पुस ११ गतेदेखि २०८० भदौ मसान्तसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो। गत आर्थिक वर्ष (...

  • २०८० आश्विन १७, बुधबार

    ‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

    खजुरा नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।     कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।...

  • २०८० आश्विन ८, सोमबार

    एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमाः महासचिव पोखरेल

    काठमाडौँ, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताउनुभएको छ ।पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको...

  • २०८० आश्विन ७, आइतबार

    राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु-याउने विश्वास आफूले लिएको बताए। प्रधानमन्त्री दाहालले...

  • २०८० आश्विन ६, शनिबार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आजदेखि

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै आज चीन पुगेका हुन् । उनी नेपाली समय अनुसार विहान १० बजे हाङजाओ विमानस्थलमा ओर्लिएका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा पुगेका उनी करिब एक साता लामो भ्रमणमा रहनेछन् । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान...

  • २०८० आश्विन ५, शुक्रबार

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

    काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् । उनले भने, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो...

  • २०८० आश्विन ४, बिहिबार

    भिआइपीलाई मापदण्ड विपरित दिइएका सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन

    काठमाडौं - संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भिभिआइपी र भिआइपीहरुलाई मापदण्ड विपरित उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले...

  • २०८० आश्विन २, मंगलबार

    ‘कोशी नाम खारेज गर’ भन्दै पहिचानवादीद्वारा मोटरसाइकल र्याली

    काठमाडौं - विगत केही महिनादेखि कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएका पहिचान पक्षधरहरुले विराटनगरमा मोटरसाइकल र्याली निकालेर विरोध जनाएका छन् । विराटनगरमा मंगलवार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीसहित आएका पहिचानपक्षधरहरूले विराटनगरस्थित महेन्द्रचौकमा कोण सभा गरेका थिए । उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘पहिचानवादी जिन्दावाद’, ‘पहिचान विरोधी होसियार’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘जातिवाद मुर्दावाद...

  • २०८० भाद्र ३१, आइतबार

    कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

    काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो...

Pages