STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० कार्तिक २४, शुक्रबार

    उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे

    काठमाडौं - नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् । उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग बिदाइ भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग सोमबार राजदूत जो योङ मेनले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेको चौथो दिन...

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्प प्रभावित जाजरकोट र रुकुममा ५-५ करोड पठाउने सरकारको निर्णय

    काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको बैठकले भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप तत्काल ५-५ करोड पठाउने निर्णय भएको बताए। उनले भूकम्प प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र विपद् व्यवस्थापनका जनशक्तिहरू खटिएको बताए। शवहरू शनाखतका लागि विशेष टोलीसमेत प्रभावित...

  • २०८० कार्तिक १६, बिहिबार

    खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

    काठमाडौँ - राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यान्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भएको पहलका बारेमा जानकारी माग गरिन् । साथै उनले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले निःशुल्क पठाउने भने...

  • २०८० कार्तिक १६, बिहिबार

    संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौँ - सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

  • २०८० कार्तिक १६, बिहिबार

    रिगललाई दिइएको आममाफी बदर, कैद असुलउपर गर्न परमादेश

    काठमाडौं- सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिगललाई तत्काल पक्राउ गर्न परमादेश समेत दिएको छ । अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता...

  • २०८० कार्तिक १४, मंगलबार

    सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल : गुटेरेस

    काठमाडौं- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल रहेको भन्दै त्यसको टुंगो लगाउन नेपाल एक्लो नभएको बताएका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।  ‘सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न...

  • २०८० कार्तिक १४, मंगलबार

    महासचिव गुटरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।   गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई...

  • २०८० कार्तिक १४, मंगलबार

    कसलाई ‘महामहिम’, ‘सम्माननीय’ र ‘माननीय’ भन्ने ?

    काठमाडौँ - राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही...

  • २०८० कार्तिक ३, शुक्रबार

    कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान

    काठमाडौं- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम राखेको छ । कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए ।...

  • २०८० कार्तिक ३, शुक्रबार

    कात्तिक १२ गते संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउने

    काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। यसअघि महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने भनिए पनि इजरायल-प्यालेस्टाइन युद्धका कारण उनको भ्रमण स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले गुटेरेसको अनुकुलतामा...

  • २०८० कार्तिक १, बुधबार

    पार्टी खोलेर चुनाव लड्नुस् : पूर्वराजा शाहलाई नेपालको चुनौती

    काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन् । भक्तपुरमा बुधबार आयोजित दसैँ शुभकामना कार्यक्रममा नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त...

Pages