STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

बालुवाटारमा कांग्रेस-एमाले नेताहरू बैठकमा

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ४, आइतबार

काठमाडौं - सत्ता गठबन्धनका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत छन्।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन्। प्रधानमन्त्री ओलीले यसअघि एमाले बैठकमा सरकार ढाल्ने खेल भइरहेको ब्रिफिङ गरेका थिए।

सरकार ढाल्ने प्रयास हुँदैछ : ओली

यसअघि प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्।

सरकार ढल्ने अनुमान र हल्लाकाबीच आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले त्यसबारे केहीबेर ब्रिफिङ गरे। उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएको स्वीकार गरे।

एक पदाधिकारीले बताएअनुसार ओलीले परिस्थिति निकै प्रतिकूल हुँदै गएकोले नेताहरूलाई सचेत समेत गराएका छन्। ‘परिस्थिति प्रतिकूल हुँदै गएको छ, सबैतिरबाट आक्रमण तीव्र पारेका छन्,’ बैठकमा ओलीको ब्रिफिङ उधृत गर्दै ती पदाधिकारीले भने, ‘राष्ट्रिय राजनीति अप्ठेरो छ। विभिन्न शक्तिकेन्द्रहरू लागिरहेका छन्।’

‘समग्रमा राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे सचिवालय सदस्यलाई अध्यक्षले जानकारी गराउनुभयो,’ उनले थपे। तर, सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारेको ती नेता बताउँछन्। 

‘कांग्रेससँगको सम्बन्धमा अहिले तलमाथि छैन, तर, सत्ताका विरुद्ध एकाथरी लागिरहेका छन्, यो गम्भीर विषय हो, यसमा सजग हुनैपर्छ,’ ओलीले बैठकमा भने। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार गिरफ्तार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा उनका नेता/कार्यकर्ताले आन्दोलन चर्काउँदै लगेका छन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले ओली सरकार नढलेसम्म सडकमा उत्रन देशैभरका कार्यकर्तालाई निर्देशन दिएका छन्। 

Categorized in राजनीति