relans
ni new 83
nib 2082 5

हामीमाथि चौतर्फी प्रहार भयो : रास्वपा

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १२, बुधबार

काठमाडौं - पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताएका छन्।

‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन। अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन‚’ उनले भने।

उनले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि दाबी गरे। पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानुन टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गरे।

‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ। यी विषयमा भ्रममा पर्न जरुरी छैन‚’ उनले भने।

Categorized in राजनीति
ppp 2