STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १५, मंगलबार

काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ। जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस्। यो जनतामा जाने सुवर्ण अवसर पनि हो,’ उनले भने।

प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनर्गठन निश्चित गर्ने पनि बताए। ‘बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चामा विस्तार गर्दै लैजान्छौँ। कम्युनिष्ट पार्टीको पुनर्गठन निश्चित हुन्छ,’ उनको भनाइ छ।

उनले संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको पनि बताए। जनताका जल्दा बल्दा समस्याहरू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय पनि माओवादी बैठकले गरेको छ।

उनले भने, ‘प्रमुख प्रतिपक्षको भूमिकामा पनि हामी छौँ । प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो सङ्ख्या कम छ र कम भए पनि गुणात्मक बनाउने, देश र जनताका जल्दाबल्दा समस्याहरू र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ति भ्रष्टाचार बिरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ।’

यस्तै यही साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय गरिएको छ।

Categorized in राजनीति