relans
ni new 83
nib 2082 5

१८ देशमा नयाँ राजदूत सिफारिस

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १४, सोमबार

काठमाडौं- मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिइएको छ।

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिका, पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतको लागि राजदूत सिफारिस गरिएको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको छ।

चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए। ती देशमा नयाँ राजदूत सिफारिस भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनमा कृष्णप्रसाद ओलीलाई नयाँ राजदूत सिफारिस गरेको स्रोतले बतायो। त्यस्तै, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङफे, मलेसियामा डा नेत्र तिमल्सिना राजदूतमा सिफारिस भएका छन्। 

Categorized in राजनीति
ppp 2