STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ श्रावण ३२, शनिबार

    बालविवाह विरुद्ध कचहरी

    बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ । अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ । राप्ति सोनारी र डुडुवा...

  • २०७६ श्रावण ३१, शुक्रबार

    गाईजात्रा शुरु

    तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । गाई, कुमारी कन्या र माटोको गाई...

  • २०७६ श्रावण ३१, शुक्रबार

    एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा।लि।को आयोजनामा हिरो नेपाल हुने भएको छ।

    हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन। आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल हो। स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको त्यो लुकेको प्रतिभालाई नै उजागर गर्ने उदेश्यले आयोजना हुन गैरहेको एकमात्र टेलिभिजन रियालिटी–शो कार्यक्रमको नाम हिरो नेपाल हो। हिरो नेपालमा आएर जुनसुकै उमेर समूहका क्षमतावान प्रतिभाशाली व्यक्तिहरुले...

  • २०७६ श्रावण ३१, शुक्रबार

    गाईजात्राको रौनक, व्यङ्ग्य प्रदर्शन

    “घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसी त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय”, आजदेखि भक्तपुरमा शुरु भएको सातदिने गाईजात्रा पर्वमा टोलटोलमा यही गीत गाएर घिन्ताङघिसी नाच नाच्दा गाईजात्रामा रौनक थपिएको छ । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक थपिएको हो । घिन्ताङघिसी नाच...

  • २०७६ श्रावण ३०, बिहिबार

    बेनीमा लाखे नाच साढे दुई सय वर्षदेखि एउटै मुखौटो

    करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएको मानिन्छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र...

  • २०७६ श्रावण २९, बुधबार

    नेपथ्य ब्याण्डको साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली

    इस्लाम धर्मावलम्बहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ । कतारको ग्राण्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन...

  • २०७६ श्रावण २८, मंगलबार

    मनोरोगीको वेदना तीजे गीतमा

    तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गर्नुभएको छ । तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गर्नुभएको हो । सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आउनुभएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने...

  • २०७६ श्रावण २७, सोमबार

    नेपालगञ्जमा बकर इदको रमझम

    इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा बकर इद नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ । बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज प्रार्थना गरेका छन् । इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन...

  • २०७६ श्रावण २६, आइतबार

    लाखेनाच प्रदर्शन

    छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो ।...

  • २०७६ श्रावण २६, आइतबार

    सिलु उत्सवमा रमाए दर्शक

    नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा प्रोजेक्ट बाजा नेपालले सिलु फेस्टिभल इन दरवारको आयोजना गरेको छ । दिवंगतहरुप्रति समर्पित गुंला पर्वको अवसरमा बज्ने विभिन्न परम्परागत संगीतको प्रस्तुति रहेको उक्त कार्यक्रमको शुरुवात भने बौद्ध लिला नाचबाट भएको हो । पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित कार्यक्रममा प्रस्तुत बौद्ध लिला नाच ३८० बर्षदेखि निरन्तर संसारकै एउटैमात्र लामो समयसम्म चल्ने नाट्य...

  • २०७६ श्रावण २४, शुक्रबार

    उत्साद गोविन्दमान किपू फाउण्डेशनको कार्यक्रम

    प्रत्येक वर्ष यो वर्ष पनि पाँचौं संस्करणको रुपमा उस्ताद गोविन्द्र किपू फाउण्डेशनको आयोजनामा भब्य सांस्कृतिक कार्यक्रम लगायत जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने भएको छ । कीर्तिपुरको ३ वडामा रहेको कुतिसा टोलमा यही आउँदो भाद्र ६ गते शुक्रबार कृष्ण अष्टमिको दिन सो कार्यक्रम हुने आयोजकले जनाएको छ । सुप्रसिद्ध उस्ताद गोविन्द किपूको सम्झनामा कीर्तिपुरमा संगीत उत्थान गर्ने उद्देश्यले सो कार्यक्रम...

  • २०७६ श्रावण २४, शुक्रबार

    अब नेपालभाषाको चलचित्र पनि सिनेमा हलमा नियमित प्रदर्शन हुने

    नेपालभाषाको चलचित्र पनि अब अन्य चलचित्र जस्तै नियमित रुपमा सिनेमा हलमा देखाइने भएको छ । यसको प्रयोग सर्वप्रथम ‘लिबाये धुंकाः’ नेपालभाषाको चलचित्रबाट सुरु गर्न गइरहेको छ । यो चलचित्र आज श्रावण २४ गते शुक्रबारबाट ललितपुरको गुण सिनेमा र भक्तपुरको बाराही हलमा एकैसाथ प्रदर्शन सुरु भएको हो । हिसिमदु नामक नेपालभाषाको चलचित्रको निर्देशन गरिसक्नु भएका राजेशमान सिंहले निर्देशन गर्नु भएको यस नयाँ...

Pages