STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हङ्कङ्मा हुने एभरेष्ट फिल्म अवार्ड स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार

हङ्कङ्को एभरेष्ट इन्टरटेनमेन्टको आयोजनामा यो वर्ष हुने भनिएको प्रथम एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०१८ हाललाई स्थगित गरिएको छ । हङ्कङमा अहिले राजनैतिक आन्दोलन चलिरहेकोले गर्दा त्यहाँ ठुलो उत्सव गर्न प्रतिकुल हुने देखिएकोले हाललाई सो फिल्म अवार्ड गरिएको कुरा आयोजक संस्था एभरेष्ट इन्टरटेनमेन्टका लोक आंग्बुहांग (लोकेन) ले बताएका छन् । हङ्कङमा भव्य रुपमा आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको सो फिल्म अवार्डमा सहभागी हुन नेपालका ख्याति प्राप्त स्टारहरुको ठुलो संख्यामा सहभागी को कुरा यो फिल्म अवार्डका नेपाल संयोजन संस्था संगीक्षा इन्टरटेंटमेन्टका अध्यक्ष मनोज के.सी. ले बताएका छन् । हङ्कङमा आयोजना हुने भनिएको सो फिल्म अवार्ड हाललाई स्थगित भएको कुरा जानकारी गराउन हिजो एभरेष्ट फिल्म एकेडेमीमा एउटा प्रेस मिटको आयोजना गरिएको थियो भने सो कार्यक्रममा जानकारी गराइए अनुसार सो फिल्म अवार्ड अब आगामी वर्ष सन् २०२० को मे २४ को दिन हङ्कङ मै आयोजना हुनेछ भने सो अवार्ड कार्यक्रममा सन् २०१८ मा सहभागी भएका चलचित्र मध्येका पुरस्कृतहरुका साथै सन् २०१९ भित्र प्रदर्शन हुने चलचित्रहरुको समेत अलग्गै पुरस्कार दिने कुरा पनि जानकारी गराईएको छ भने सो पत्रकार सम्मेलनमा निर्णायक मण्डलका संयोजक एंव सो अवार्ड कार्यक्रमका सहयोगी संस्था एभरेष्ट फिल्म एकेडेमीका नायः सुनील थापा, वरिष्ठ क्यामेराम्यान गौरीशंकर धुँजु, वरिष्ठ चलचित्र व्यवसायी एवं चलचित्र संघका अध्यक्ष प्रदिप उदय र चलचित्रत्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर निर्णायकहरुमा रहेका छन् ।
Categorized in सिनेमा