STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘गाइँचा म्ये’ लोकार्पण

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ८, आइतबार

गाईजात्रा पर्वका अवसरमा आशाकाजी बासुकला स्मृति प्रतिष्ठानले नेपाल भाषाको ‘गाइँचा म्ये’ नामक मुना पुस्तक प्रकाशन गरेको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सो पुस्तक लोकार्पण गर्दै जनताका पक्षमा काम गर्ने व्यक्ति सधैँ जनताको मनमा रहने बताउनुभयो । उहाँले समाजमा भएका विकृति र विसङ्गतिलाई जनबोलीका रूपमा अभिव्यक्त गर्ने यस्ता कृति साहित्यको क्षेत्रमा नयाँ आयामका रुपमा रहन्छ भन्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्य समाजको ऐनाका रुपमा रहने चर्चा गर्दै भक्तपुरका जात्रालाई मनोरञ्जनका रूपमा प्रस्तुत गरेर यस कृतिले जनताको चेतनास्तर उकास्न सहयोग पु¥याउने बताउनुभयो । नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष तथा जनकवि चन्द्रबहादुर उलक, त्रिवि नेपालभाषा केन्द्रीय विभागका ओमकाय श्रेष्ठ, पुस्तक प्रकाशन समितिका संयोजक कुमारभक्त रञ्जितकार, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकीरण वासुकला तथा सदस्य राजकिरण वासुकला र रोजाकिरण वासुकलालगायतले यस्ता कृतिमा समाजका विकृति र विसङ्गतिबारे आलोचना गर्नाका साथै गाइँचा नाचको इतिहासबारे अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा उक्त पुस्तक लेखनमा योगदान पु¥याउनुहुने जनकवि चन्द्रबहादुर उलकलाई सम्मान गरिएको थियो ।
Categorized in सिनेमा