
साहित्य-कला
-
२०७७ मङ्सिर १८, बिहिबार
स्वरसम्राट नारायणगोपालको स्मृतिमा कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुने
कीर्तिपुर– ३० औं स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य स्मृति सन्ध्या ११४१ सांगीतिक कार्यक्रम पहिलोपटक कीर्तिपुरमा आयोजना हुने भएको छ । लायकू दरबार एण्ड हेरिटेज होमको लागि भ्वाईस अफ कीर्तिपुरले आयोजना गर्न लागेको सो स्मृति सन्ध्यामा राजेश महर्जन नेवाः र रत्नशोभा महर्जनले स्वर सम्राट नारायणगोपालका गीतहरु प्रस्तुत गर्नेछन् । यीबाहेक सो सांगीतिक कार्यक्रममा कीर्तिपुरका अन्य कलाकारहरुको पनि सहभागिता...
-
२०७७ मङ्सिर १६, मंगलबार
अग्रज चलचित्रकर्मि पवन जोशीको ६४ औं गीत तयार
नेपालभाषा को पहिलो चलचित्र "सिलु " पछी नेपालभाषाको दोश्रो चलचित्रको दर्जा पाएको "चरित्र" का निर्देशक पवन जोशीलाई नेपालभाषा चलचित्र क्षेत्रका अग्रज चलचित्रकर्मि का रुपमा लिइन्छ भने उनलाई बहु प्रतिभाशाली कलाकर्मि का रुपमा चिनिन्छन् भने उनी कुशल अभिनेता लगायत सशक्त गीतकार पनि हुन् । एक पछि अर्को गीत लेखेर तथा गीतको भिडियो निर्देशन गरेर चर्चा कमाएका अग्रज गीतकार तथा निर्देशक पवन जोशीको ६४ औं गीतको...
-
२०७७ मङ्सिर १४, आइतबार
अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको यात्रा संस्मरण सार्वजनिक
नेपाली आधुनिक पत्रकारिताका संस्थापक तथा चलचित्र पत्रकारिताका प्रणेता स्व. पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक हालै सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु...
-
२०७७ मङ्सिर १४, आइतबार
पाँच मैथिलीसेवी पुरस्कृत
राजविराज – मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिबार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ । मैथिली भवनमा आयोजित कार्यक्रममा रु सात हजार ५०१ राशिको शिवदत्त मिश्र स्मृति पुरस्कार इतिहासविद् एवं लेखक प्रा डा पीताम्बरलाल यादवलाई प्रदान गरिएको छ । विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार साहित्यकार एवं मिथिला...
-
२०७७ मङ्सिर ६, शनिबार
योनिको आत्मालाप (Vagina Monologues)
ईभ एन्सलर (Eve Ensler 1953)प्रसिद्ध अमेरिकी नारीवादी नाटककार हुन् । उनी नाटक लेखिका मात्र हैनन् नाटक खेल्ने रङ्गकर्मी पनि हुन् । उनको नाटकको उद्देश्य मूलतः महिला हिंसा विषय विश्वमा जागरण ल्याउने भएकोले उनलाई नारीवादी नाटककारको रुपमा पनि हेर्ने गरिन्छ । ईभ एन्सलरले महिला हिंसामा महिला सुरक्षा, सशक्तिकरण, अस्मितालाई केन्द्रित गरी लेखेको नाटकमा आफ्नै महत्व र समसामयिकता पाइन्छ । ईभले आफ्नो नाटक...
-
२०७७ मङ्सिर ६, शनिबार
योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ नायिका केकी अधिकारीको आकर्षक अभिनय
नेपालको लोकसंगीत फाँटमा अत्यन्तै लोकप्रिय भएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजी जोडीको पछिल्लो गीत ‘बारीको कर्कलो ’ हालै सार्वजनिक गरिएको छ । सो गीतमा विष्णु माझी र बाबुकृष्ण परियारको स्वर रहेको छ भने सोही गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुली रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको...
-
२०७७ कार्तिक ३०, आइतबार
ओ मैंचा मुसुमुसु न्हिला भन्दै नयाँ म्यूजिक भिडियो सार्वजनिक
नेपाल सम्बत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तिब्रता लिएको छ । यसै क्रममा नेपालभाषाका गीतका नयाँ म्युजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् । आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु न्हिलाः’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल सम्बत ११४१ न्हूदँ नयाँ वर्षको अवसरमा एक कार्यक्रमको आयोजना गरी गीतसँग सम्बन्धित समूह र संचारकर्मीहरुबीच म्यूजिक भिडियो...
-
२०७७ कार्तिक २९, शनिबार
एउटै मञ्चबाट जनकविको शुभकामना गीत, फिल्म सिद्धान्तको पुस्तक र शर्टफिल्म सार्वजनिक
काठमाडौं – नेपाल संवत् ११४१ नववर्षको अवसरमा एउटै मञ्चबाट जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतको म्युजिक भिडियो, फिल्मकर्मी राकेश महर्जनको ‘फिल्म सिद्धान्तया खँ’ पुस्तक र महर्जनकै नयाँ शर्टफिल्म ‘कलरफुल अम्ब्रेला’ सार्वजनिक गरिएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यमा सो गीत, पुस्तक र शर्टफिल्म सार्वजनिक गरिएको हो । कार्तिक २८ गते शुक्रबार...
-
२०७७ कार्तिक २८, शुक्रबार
नेपालभाषामा फिल्म सिद्धान्तको पुस्तक आउँदै
काठमाडौं – फिल्मसिद्धान्त विषयमा नेपालभाषामा लेखिएको पुस्तक आज सार्वजनिक हुँदैछ । ओस्कार इन्टरनेशन कलेजबाट ग्राजुएसन सकाएका फिल्मकर्मी राकेश महर्जनद्वारा लिखित यो पुस्तक नेपालभाषा साहित्य क्षेत्रमै पहिलो फिल्म सिद्धान्तसम्बन्धी पुस्तक बन्न गइरहेको छ । नेपाल संवत् ११४१ नववर्षको अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यमा सो पुस्तक विमोचन हुन लागेको...
-
२०७७ कार्तिक २१, शुक्रबार
फोटो पत्रकार ‘परदेशीको पीडा’ म्यूजिक भिडियोमा
काठमाडौँ – गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ । फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित सो म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक र वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगयातले संयुक्त रुपमा विमोचन गर्नुभयो । गायक विनोद दनुवारले...
-
२०७७ कार्तिक १७, सोमबार
जनकवि दुर्गालालको शुभकामना गीत सार्वजनिक हुने
नेपाल संवत् राष्ट्रिय न्हूदँ समारोह समिति ११४१ को आयोजनामा नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीत सार्वजनिक हुने भएको छ । नववर्षको उपलक्ष्यमा विश्वव्यापी नववर्ष मनाउने एवं शुभकामना आदानप्रदान गर्न जनकवि श्रेष्ठको शुभकामना गीत सार्वजनिक गर्न लागेको समारोह समितिले जानकारी दिएको छ । सो गीत संयुक्त गीतको रुपमा हुने पनि समारोह समितिले जनाएको छ । साथै, गीतको म्युजिक...
-
२०७७ कार्तिक १७, सोमबार
शंखधर साख्वाःको झण्डा फहराएर नेवार कलाकारहरुले न्हूदँ मनाउने
काठमाडौं – नेवार कलाकारहरुले विविध कार्यक्रम गरी नेपाल संवत् ११४१ नववर्ष मनाउने भएका छन् । यसैक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाःको झण्डालाई सबै नेवार कलाकारहरुले आ–आफ्नो घरमा फहराएर मनाउन सहमति भएको छ । नेसं ११४० कौलागा १२ (कार्तिक २७ गते) बिहीबार शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले शंखधर साख्वाःको झण्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । झण्डा सार्वजनिक भएपछि नेवार कलाकारहरुले आ–...