STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्यूजिक भिडियो निर्देशक समाजले पायाे नयाँ कार्यसमिति

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ बैशाख १६, शुक्रबार

काठमाडौं - म्यूजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ ।आज राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट विधान कार्कीकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

नयाँ कार्यसमितिकाे प्रथम उपाध्यक्ष देवेन्द्र पान्डे, द्वितीय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव प्रकाश घिताल, कोषाध्यक्ष वविता श्रेष्ठ र सह-कोषाध्यक्ष डि.आर सुजन (डिल्लीराम रेग्मी) रहेका छन् ।

यसैगरी कार्यसमितिमा कृष्णदेव रुपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनक बहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, गम्भीर विष्ट र देवराज आचार्य सदस्य चुनिएका छन् ।

यसैगरी निशान घिमिरेलाई उपाध्यक्ष र समन अधिकारीलाई सहसचिवमा मनाेनित गरिएकाे छ ।

कार्यसमितिकाे लागि निर्वाचन आयुक्तहरु  विशिष्ट कलाकार मोहन निरौला , चलचित्र निर्दशक समाजका अध्यक्ष रक्षा सिंह राणा  र अधिवक्ता तारा कुमार श्रेष्ठ रहेका थिए ।

Categorized in साहित्य-कला