STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली चलचित्रमा शिवताण्डव

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण ७, शनिबार

नृत्य साधकहरुका लागि ठुलो साधनाको रुपमा लिइने शिवताण्डव गीत  एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र "चिट्ठी"का लागि हालै रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको सो ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् ।

दुर्गामाण्डौ , कुउनेटो लगायतका प्रशंसित र पुरस्कृत चलचित्रहरुका निर्देशक माधव राज खरेलको निर्देशनमा बनिरहको  चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अब ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले जानकारी दिएका छन् ।

चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको यो चलचित्र उनले स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् ।नायक भण्डारीले चिट्ठी, चलचित्र आफ्नो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट भएको र यसमा अझ सुगन्ध थप्ने कोशीस गर्दै आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्ने अठोट दर्शाएका छन् । हसाउँदा हसाउंदै रुवाउने र तर्साउँदा तर्साउँदै  हसाउँने यसको अनौठो किसिमको शैली ले गर्दा यसलाई पक्कै पनि नेपाली दर्शकहरुले  माया गर्नु हुनेछ भन्नेमा आफु विश्वस्त रहेको कुरा नायक भण्डारीले बताएका छन् ।

छायाँकनको काम रोकिए पनि  छायाँकन भएका दृश्यलाइ सम्पादन गर्ने र बाँकी गीतहरु रेकर्ड गराउने काम धमाधम भईरहेको छ र आउँदो असार सम्म चलचित्रको पोष्ट प्रोडक्सनको कार्य पनि सकि सक्ने तरिकाले निर्माण पक्ष अगाडि बढीरहेको छ । यस अघि गायिका केन्जुमा सुब्बाको सुमधुर आवाज, कमला जोशीका शब्द र जुगल डंगोलको संगीतमा “हर धड्कनमा” बोलको गीत रेकर्ड सकिएको छ भने डा. कृष्णहरि बरालको शब्दमा रहेको “टुटेको तारा” बोलको गीत चर्चित गायक शिव परियारको स्वर र सरोज कोईरालाको संगीतमा छिट्टै रेकर्ड गराउने तयारी भईरहेको निर्माता कमला जोशीले बताएकी छन् ।

कारणवश छायाँकन  रोकिए पनि अन्य कामहरु तिव्रगतिमा भईरहेको निर्देशक खरेलले बताएका छन् । चलचित्रमा संजीत भण्डारीको साथमा गोपाल ढकाल “छन्दे”, कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने राजेश कुमारको सम्पादन जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार रहेको छ । चलचित्रलाई निर्देशक खरेलले नै लेखेका हुन् ।

Categorized in साहित्य-कला