STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्योती सिङ्गिङ्ग स्टार प्रतिस्पर्धामा सबिन महर्जन र रमेश सेन्चुरीले जिते प्रथम पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ बैशाख ११, आइतबार

ज्योती म्युजिक र ज्योती रिकर्ड्सद्वारा गत वर्ष २०७८ जेष्ठ देखि कोरोना महामारीका बीच घर घरमा रहेका प्रतिभावान ब्यक्तिहरुका लागि संचालन गरिएको ज्योती सिङ्गिङ्ग स्टार २०७८ को फाईनल कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको निर्णायक रुपमा रहनु भएका वरिष्ठ गायक/संगीतकार सुमन कपाली, वरिष्ठ संगीतकार जुगल डंगोल, वरिष्ठ संगीतकार राजु सिंह र लोकप्रिय गायक/संगीतकार धर्मेन्द्र सेवानहरुको अन्तिम निर्णयको आधारमा नेपालभाषा र नेपालीभाषा दुबै बिधाबाट उत्कृष्ट मध्य पनि उत्कृष्ट ३/३ जना प्रतियोगीहरु बिजेताको रुपमा छनौट हुन सफल भएको छ ।

ज्योती म्युजिकका प्रमुख विश्वास बज्राचार्य,ज्योती रिकर्डसका संचालक फिरोज बज्राचार्य, त्यसैगरी यस कार्यक्रमका सह-संयोजक मंजिल शाक्य र निर्णायक मण्डलहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपालभाषा बिधामा सबिन महर्जन, थेचो, (प्रथम), राजेश बज्राचार्य, ललितपुर (दोस्रो) र प्रबिन बज्राचार्य, ललितपुर, (तेस्रो), हुन सफल भएका छन भने पुष्परत्न बज्राचार्य, सिद्धार्थ बज्राचार्य, यजु शिल्पकार, संगीता महर्जन (वाईल्ड कार्ड) र सना महर्जन यस बिधामा अन्तिम ८ मा प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यसैगरी नेपालीभाषा बिधामा रमेश सेन्च्युरी, थेचो, (प्रथम), रेजा शाक्य, ललितपुर, (दोस्रो), र सबिन महर्जन, थेचो, (तेस्रो) हुन सफल हुनु भएको छ भने बिनायक पन्त, राजिव योगल श्रेष्ठ, बिनु योन्जन, सिद्धार्थ बज्राचार्य, यजु शिल्पकार, सुरज मानन्धर, सारमन श्री ल्वागुन (वाईल्ड कार्ड) र सना महर्जन अन्तिम ११ प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो ।

सम्पुर्ण बिजेताहरुले आफ्नो सोलो गीत ज्योती रिकर्डसको तर्फबाट र साथसाथै उक्त गीतको म्युजिक भिडियो ज्योती म्युजिकको तर्फबाट पुरस्कार स्वरुप प्राप्त गर्ने यस कार्यक्रमका संयोजक अमोघवीर बज्राचार्यले जानकारी गराउनु भयो ।

Categorized in साहित्य-कला