STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको तीन गीतको म्यूजिक भिडियो एकै दिन सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण २९, आइतबार

ललितपुर हरिसिद्वि का गायक द्वय राजेन्द्रकुमार महर्जन र अशोक महर्जनको नेपालभाषाको तीन गीत “शिला चह्रे पाहाँ चह्रे”, “स्वाँया बासना” र “छंगु रुप खना” को म्यूजिक भिडियो हिजो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक तथा सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथी हरु समाजसेवी महेन्द्र श्रेष्ठ  र मंगल महर्जन , तुल्सी महर्जन र सचिदानन्द महर्जन लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

शिला चह्रे पाहाँ चह्रेमा नेपालको गौरव यहाँका साँस्कृतिक जात्रा पर्वहरुको सजीव चित्रण गरिएको छ । स्वाँया बासना प्रेम कथामा आधारित रहेको छ । त्यस्तै छंगु रुप खनामा भने माया पिरतीले धनी गरीब भन्दैन त्यसमा अग्रजले हस्तक्षेप गर्नु हुन्न भन्ने सन्देश दिएको छ ।

गायकद्वय राजेन्द्रकुमार र अशोकको स्वर, शब्द संगीत विष्णु जल्मी, संगीत संयोजन निरञ्जन महर्जन रहेको शिला चह्रे पाहाँ चह्रेको छायाँकन रविन डंगोलले गरेका छन् भने सम्पादन र निर्देशन बाबुकाजी जल्मीले गरेका छन् ।

त्यस्तै अशोक महर्जनको स्वर, शब्द संगीत निरञ्जन महर्जन, संगीत संयोजन जीवित जल्मी रहेको स्वाँया बासनामा किशोर चिपालु र रोजिना सुवालको उत्कृष्ट अभिनय एवं नृत्यले सजिएको छ । रिना महर्जनको श्रृङ्गार, रोजी फेशनको भेषभुषा, छायाँकन र सम्पादन बाबुकाजी जल्मी रहेको स्वाँया बासना म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरज नापितले गरेका छन् ।

त्यस्तै राजेन्द्र कुमार महर्जन र दिपा महर्जन स्वर, शब्द संगीत निरञ्जन महर्जन रहेको छंगु रुप खनामा राजु महर्जन, आराध्य लक्ष्मी खड्गी, पूर्णकाजी ज्यापुको साथमा कलाकार मोडल र कोरियोग्राफर आराध्य लक्ष्मीकि अामा सुर्जलक्ष्मी र बुबा राम खडगी र बाल कलाकारहरु समर्पण गमाल , रोजिशा बलामि लगायतका कलाकारहरुको अभिनय रहेको छ । श्रृङ्गारमा सनम कुमार श्रेष्ठ, छायाँकन र सम्पादनमा सोहन मानन्धर तथा कोरियोग्राफीमा आराध्या लक्ष्मी खड्गी रहेको उक्त म्युजिक भिडियोमा निर्देशन जितेन्द्र महर्जनको निर्देशन रहेको छ ।

कार्यक्रममा दिपा महर्जन, अनुप महर्जन लगायतका गायकगायीकाहरुले हरसिद्धि भवानीको भजन लगायत अन्य गीत संगीत पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तमा सार्वजनिक गरिएका म्यूजिक भिडियोसँग आवद्ध रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला