STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘वासुदा’ उपन्यासमा सङ्घर्षशील युवाको कथा

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण १०, मंगलबार

युवा स्रष्टा भीष्मराज फुलारा संघर्ष, जीवनका भोगाई र विभिन्न घट्ना, परिघटनाबाट सिक्दै अघि बढिरहनुभएका उदयमान साहित्यिक स्रष्टा हुनुहुन्छ ।  बिद्यार्थीकालदेखि नै कलम चलाउँदै आउनु भएका फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आईतबार राजधानीको पाचतारे एभरेश्ट होटेल बानेश्वरमा विमोचन भएको छ ।  सन्चारकर्मि  डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि का रुपमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा र अतिथि उपप्रा.ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समिक्षात्मक टिप्णी गर्नु भएको थियो ।

एक सङ्घर्षशील युवाको जीवनकथामा आधारित उपन्यास ‘वासुदा’मा वासुदाको संङ्घर्षमा साथ दिने अन्य पात्रहरुलाई पनि महत्वपुर्ण रुपमा प्रस्तुत गरिएको छ । दुई सय त्रिचालिस पुष्ठको ‘वासुदा’ उपन्यासको मुल्य बाक्लो गाता रु.५५० र साधारण गाता ३५५ रहेको छ भने फुलारा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको हो ।

युवा साहित्यकार भीष्मराज फुलाराका प्रकाशित कृतिहरुमा टुहुरो कुण्डली (उपन्यास), नफापेको मान्छे (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहास ः त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक छन् भने आधा दर्जन भन्दा बढी गीतहरू दर्शक, स्रोता माझ आइसकेका छन् ।

Categorized in साहित्य-कला