STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पहिलो समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण ३, मंगलबार

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेपालभाषा लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकि छन् ।शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले  नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताएकि छन् ।यहि चैत्र २० गते सम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने अवार्ड आयोजक  समितिका निर्देशक राजन थापाले बताएका छन् ।

 राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७८का मनोनयनमा नेपालभाषा विधा यस प्रकार रहेका छन् (National Inclusive Music Award, 2022)

 

 

उत्कृष्ट नेपालभाषा गायन

१. सज्जु मानन्धर : सुथय् लुमनी

२. रवि कुमार महर्जन : फरेम दुनेया तस्बिर

३. तेजवती जोशी : यःमा जित

४. विजेन्द्र चवाल : जिवनया छुं ई

५. सोनी राजभण्डारी : झीगु मन स्वां

 

उत्कृष्ट नेपालभाषा शब्द

१. हरिराम ठेंचो : यःमा जित

२. राजु मानन्धर : सुथय् लुमनी

३. उत्तम मानन्धर : बुलुहं बुलुहं

४. अनिक शाक्य : जिवनयाः छुंई

५. पवन जोशी : फरेम दुनेया तस्बिर

 

उत्कृष्ट नेपालभाषा मोडल

१. रुक्साना महर्जन : भुतमाली

२. शुशिल श्रेष्ठ : नुगःघाःया वासः

३. अनु महर्जन : छ व जि छम्ह हे

४. श्रेया कार्की : पन्तिया मकर मेला

५. रोशन शाक्य : राजमती कुमती

 

उत्कृष्ट कल्चरल गीत

१. अमृत खाती : राम साईली (काँठे भाका)

२. सानुबाबु घिसिङ : आध्यू खाङबारी (तामाङ)

३. पुर्णकाजी ज्यापु : त्यँ.छिं त्यः (नेपालभाषा)

४. सीता तुम्रुक : हिलिक हिलिक (लिम्बु भाषा)

५. प्रयास तामाङ : फाईफ्रई आलाउ (तामाङ)

६. लक्ष्मी पुरी प्रधान : माया बिरानी (नेपाली)

७. सन्तोष राज :पुनम कें चान्द (मैथली)

त्यस्तै गरी राष्ट्रिय भावको गीत तर्फ जितेन शाक्यको जिउ ज्यान प्राण पनि उत्कृष्टता को मनोनयनमा परेको छ ।

Categorized in साहित्य-कला