STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ आषाढ ३, सोमबार

    ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

     मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको...

  • २०८१ आषाढ ३, सोमबार

    ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

    सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहवरमा भएको वार्तामा सहमति जुटेको हो ।...

  • २०८१ जेठ २९, मंगलबार

    परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने

    काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आगामी असार १० गते इरान जाने भएका छन्। ‘एसियन कोअपरेसन डाइलग’को परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन उनी इरान जान लागेका हुन्। डाइलगमा ३५ देश सदस्य छन्। सम्मेलनका क्रममा श्रेष्ठले चिनियाँ र भारतीय समकक्षीसँग पनि भेटवार्ता गर्नेछन्। यसअघि उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमण गरिसकेका छन्। नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ। डाइलगले...

  • २०८१ जेठ २९, मंगलबार

    राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन्।  पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार...

  • २०८१ जेठ २८, सोमबार

    जेठ ३१ देखि मेलम्चीको पानी नआउने

    काठमाडौं- जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ। जेठ दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। जेठ ३१ गते नै नेपालमा मनसुन सक्रिय हुँदै छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी...

  • २०८१ जेठ २७, आइतबार

    कर्णालीको पुलमा अड्किएकामध्ये २ खच्चड मरे, ११ वटाको सकुसल उद्धार

    काठमाडौं- अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ वटा मध्ये २ वटा खच्चड मरेका छन्।  आज बिहान अछामबाट दैलेख सामान बोकेर जाने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुलको एकपटट्टीको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए।  ती मध्ये ११ वटाको सकुसल उद्धार गरिएको र बाँकी २ वटा खच्चड मरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले न्यूजगृहलाई जानकारी दिए।  ‘पुलमा फसेका १३...

  • २०८१ जेठ २७, आइतबार

    हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

      उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा...

  • २०८१ जेठ २५, शुक्रबार

    रामको जन्म माडीस्थित अयोध्यापुरी : ओली

    चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्। एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्।  उनले भने, ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो। शास्त्रले भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’...

  • २०८१ जेठ २०, आइतबार

    एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

    काठमाडौँ - सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने...

  • २०८१ जेठ २०, आइतबार

    प्रहरी र गुठी पीडितबीचको झडपमा ४ जना घाइते

    काठमाडौं- दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।  किसानहरुले आफूहरुको माग पूरा नभएको भन्दै नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तुलबहादुर विकले जानकारी दिए।  उनका अनुसार अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही थान अश्रुग्यास प्रहार...

  • २०८१ जेठ १८, शुक्रबार

    देशका विभिन्न ठाउँमा अत्याधिक गर्मी, पठनपाठन ठप्प

    काठमाडौं — पूर्वी र पश्चिम तराईका अधिकांश भू–भागमा अत्याधिक गर्मी बढेको छ । दिनानुदिन बढ्दै गएको तापक्रमले बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा बिहीबारदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको हो । ...

  • २०८१ जेठ १७, बिहिबार

    अस्पतालको अभावमा स्वास्थ्य परीक्षण गर्न दुई घण्टा रामेछापमा सकस

    केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौंबाट करिब ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण...

Pages