राष्ट्रिय
-
२०८१ जेठ २७, आइतबार
हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा...
-
२०८१ जेठ २५, शुक्रबार
रामको जन्म माडीस्थित अयोध्यापुरी : ओली
चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्। एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याएका हुन्। उनले भने, ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो। शास्त्रले भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’...
-
२०८१ जेठ २०, आइतबार
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौँ - सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने...
-
२०८१ जेठ २०, आइतबार
प्रहरी र गुठी पीडितबीचको झडपमा ४ जना घाइते
काठमाडौं- दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। किसानहरुले आफूहरुको माग पूरा नभएको भन्दै नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तुलबहादुर विकले जानकारी दिए। उनका अनुसार अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही थान अश्रुग्यास प्रहार...
-
२०८१ जेठ १८, शुक्रबार
देशका विभिन्न ठाउँमा अत्याधिक गर्मी, पठनपाठन ठप्प
काठमाडौं — पूर्वी र पश्चिम तराईका अधिकांश भू–भागमा अत्याधिक गर्मी बढेको छ । दिनानुदिन बढ्दै गएको तापक्रमले बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा बिहीबारदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको हो । ...
-
२०८१ जेठ १७, बिहिबार
अस्पतालको अभावमा स्वास्थ्य परीक्षण गर्न दुई घण्टा रामेछापमा सकस
केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौंबाट करिब ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण...
-
२०८१ जेठ १७, बिहिबार
‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता’ सम्मेलनको तयारी पुरा
नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले धर्मादित्य धर्माचार्य ले आफ्नो मातृभाषा नेपालभाषामा पत्रकारिता शुरु गरेर नेपालमा मातृभाषा पत्रकारिता आरम्भ गरेको सय वर्ष प्रवेश गरेको अवसर पारेर प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । यो सम्मेलन यही जेठ १९ र २० गते दुई दिन ललितपुर र भक्तपुर को ठिमिमा हुने भएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु...
-
२०८१ जेठ १५, मंगलबार
आज १७औँ गणतन्त्र दिवस
काठमाडौं- आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि...
-
२०८१ जेठ १४, सोमबार
चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’
भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ । कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ । नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले...
-
२०८१ जेठ १४, सोमबार
एसिड आक्रमणबाट घाइते सांसद कंसाकारको बिलौना...
एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयम्ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत...
-
२०८१ जेठ १०, बिहिबार
प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती
खस नेपाली भाषाको एकल सन्चार माध्यमं को प्रभाव चर्किरहेको समयमा आफ्नो मातृभाषा नेपालभाषामा पत्रिका निकालेर प्रथम मातृभाषा पत्रकार बन्नु भएका धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्तीको अवसरमा नेपालभाषाका पत्रकार सुगतरत्न सिन्दुराकारलाई धर्मादित्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो समारोह नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरका अध्यक्ष मन्जु बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने ...
-
२०८१ जेठ १०, बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
बौद्ध धर्मावलम्बी आज बिहानैदेखि चैत्य, गुम्बा, विहारलगायत स्थलमा जम्मा भएर बुद्धजयन्ती मनाउँदै छन् । जहाँ लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउन लागिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा...


