राष्ट्रिय
-
२०७७ मङ्सिर १, सोमबार
सभागृहमा भिंतुना सभा सम्पन्न
काठमाडौं – कोरोना संक्रमणको कारण सामाजिक दुरीमा बसी नेपाल संवत् ११४१ नववर्ष (न्हूदँ)को भिंतुना सभा (शुभकामना सभा) सभागृहमा सम्पन्न भएको छ । सभामा नेपालको राष्ट्रिय गीत, नेवारहरुको राष्ट्रिय गीत एवं जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित शुभकामना गीतबाट स्वागत गरिएको थियो भने सांस्कृतिक बाजाले उपस्थितिलाई स्वागत गरिएको थियो । नेपाल सरकारको प्रतिनिधित्व गरी आएका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको...
-
२०७७ कार्तिक ३०, आइतबार
नेपाल संवत् नेपालीको मौलिक संवत् – मुख्यमन्त्री पौडेल
काठमाडौं – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्को रुपमा सबै नेपालीले आत्मसात गरिसकेको बताएका छन् । नेपाल संवत् ११४१ नववर्षको अवसरमा आज लक्ष्मीपूजाको दिन शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले नेपाल विविध धार्मिक र सांस्कृतिक विशेषता भएको देश भएकोले धार्मिक, सांस्कृतिक एवं जातीय एकतामा बलियो रहेको जनाएका छन् । मुख्यमन्त्री पौडेलले सार्वजनिक गरेको...
-
२०७७ कार्तिक २९, शनिबार
लक्ष्मीपूजाका समयमा ऊर्जामन्त्री भारप्रेषण केन्द्रमा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगेर देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारेमा जानकारी लिनुभएको छ । आज साँझ देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत...
-
२०७७ कार्तिक २९, शनिबार
नेपाल सम्वत् ११४१ का अवसरमा प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो । सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर...
-
२०७७ कार्तिक २९, शनिबार
नववर्षको अवसरमा आज भर्चुअल शुभकामना सभा
नेपाल संवत् ११४१ नववर्ष मनाउन भर्चुअल शुभकामना सभा हुने भएको छ । आज शनिबार दिउँसो २ बजे थिमि ब्यांक्वेटमा हुने सो भर्चुअल सभालाई नेवाः युट्युबले आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल संवत्का विविध पक्षमा अनुसन्धान गर्दैआएका काशिनाथ तमोटको मुख्य आतिथ्यमा हुने उक्त भर्चुअल सभालाई नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१, नेवाः देय् दबू, राष्ट्रिय विभूति शंखधर प्रतिष्ठान...
-
२०७७ कार्तिक २९, शनिबार
आज कुकुर तिहार मनाइँदै
यमपञ्चकको दाेस्राे दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ ।...
-
२०७७ कार्तिक २८, शुक्रबार
तिहार सुरु :आज काग तिहार र धन्तेरस
काठमाडौँ – हिन्दुहरुकोे दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात यमपञ्चक मनाउँदै आइएको छ । तिहारको पहिलो दिन आज काग तिहार । यस वर्ष यमदीपदान विहीबारदेखि शुरु भए पनि काग तिहार आज शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । सायंकालमा...
-
२०७७ कार्तिक २७, बिहिबार
थप एक हजार ९१३ मा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । यसैगरी आज दुई हजार ३४९ जना...
-
२०७७ कार्तिक २६, बुधबार
मंसिर २ गते भाइटीकामा सार्वजनिक बिदा
काठमाडौं – नेवार समुदायले भाइटीका गर्ने दिन मंसिर २ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले हिजोको मन्त्रिपरिषदको बैठकमा बिदाको प्रस्ताव पेश गरेका थिए । श्रेष्ठकै प्रसतावमा मन्त्रिपरिषदबाट बिदाको निर्णय भएको हो । यसपटक नेवार समुदायले कार्तिक ३० गते लक्ष्मीपूजा,...
-
२०७७ कार्तिक २५, मंगलबार
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं – मंगलबार दिउँसो काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
-
२०७७ कार्तिक २५, मंगलबार
आज फाल्गुनन्दको जन्मजयन्ती, प्रदेश १ मा सार्वजनिक विदा
काठमाडौँ – किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउने गरिन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी मंगलबार उनको जन्मजयन्ती मनाइँदैछ । प्रदेश १ सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ । फाल्गुनन्द किराँत समुदायका धर्मगुरु...
-
२०७७ कार्तिक २४, सोमबार
छठ पूर्जा गर्न दिन माग
स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ । मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए । ...


