STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ मङ्सिर २६, शुक्रबार

    नेपालमा काेराेना निको हुने दर बढ्याे

    नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ ।   विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएको अवस्थामा ४ करोड ८० लाख ९ हजार ४ सय ३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्यांकअनुसार नेपालमा २ लाख ४५ हजार ६ सय ५० संक्रमितमध्ये २...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

    चितवन – देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

    काठमाडौँ – एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई÷तीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो । विभागले गत वर्ष ठूलो...

  • २०७७ मङ्सिर २५, बिहिबार

    अब हुलाकबाटै प्रेसपास लिन सकिने

    काठमाडौं - अब पत्रकारले हुलाक कार्यालयबाटै प्रेस प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्र लिन काठमाडौंमा आइपुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गरेको छ ।  पत्रकारले अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । हुलाक कार्यालयले आवश्यक कागजपत्र रुजु गरेर केन्द्रमा पठाउनेछ । त्यसपछि पत्रकारले त्यहीबाट प्रेस प्रतिनिधि प्रमाणपत्र...

  • २०७७ मङ्सिर २४, बुधबार

    सक्रिय सङ्क्रमित आज घटे

      देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले...

  • २०७७ मङ्सिर २४, बुधबार

    बासमती धानमा नेपालले भारतविरुद्ध प्रतिवाद गर्ने

    काठमाडौँ – भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ ।  कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर...

  • २०७७ मङ्सिर २४, बुधबार

    अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

    काठमाडौँ – काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो ।  सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि...

  • २०७७ मङ्सिर २४, बुधबार

    तलबभत्ता बढाउने सहमतिपछि अरुण तेस्रो जलविद्युतमा काम सुरु

    संखुवासभा – संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुको तलबभत्ता बढाउने सहमति भएपछि बुधबार बिहानदेखि काम शुरु भएको छ । तलब बढाउनु पर्ने माग राख्र्दै मजदुरहरुले सोमबारदेखि आन्दोलन गर्दै काम अवरुद्ध गरेपछि मंगलबार राति बसेको छलफलले सहमति गरेको हो । स्थानीय जनप्रतिनिधि, प्रशासन र मजदुरहरुबीच बसेको छलफलले जिल्ल्लामा चलेको दरअनुसार तलबभत्ता दिने, ८ घण्टा...

  • २०७७ मङ्सिर २४, बुधबार

    आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री

    काठमाडौं – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । त्यति मात्रै होइन...

  • २०७७ मङ्सिर २३, मंगलबार

    मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने

    गोरखा – कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत नौ महिनादेखि बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। ‘संस्कृति मन्त्रालयबाट मन्दिर खुलाउने बारे निर्णय गरेको परिपत्र प्राप्त भयो। सो पत्रको आधारमा मंगलबार बसेको...

  • २०७७ मङ्सिर २३, मंगलबार

    बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

      प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उहाँले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताउनुभयो । “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उहाँले भन्नुभयो, “बुद्ध...

  • २०७७ मङ्सिर २३, मंगलबार

    रूस नेपालकाे जलविद्युत्‌मा लगानी गर्न इच्छुक‌

    काठमाडौं - रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए ।...

Pages