राष्ट्रिय
-
२०७७ कार्तिक २८, शुक्रबार
तिहार सुरु :आज काग तिहार र धन्तेरस
काठमाडौँ – हिन्दुहरुकोे दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात यमपञ्चक मनाउँदै आइएको छ । तिहारको पहिलो दिन आज काग तिहार । यस वर्ष यमदीपदान विहीबारदेखि शुरु भए पनि काग तिहार आज शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । सायंकालमा...
-
२०७७ कार्तिक २७, बिहिबार
थप एक हजार ९१३ मा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । यसैगरी आज दुई हजार ३४९ जना...
-
२०७७ कार्तिक २६, बुधबार
मंसिर २ गते भाइटीकामा सार्वजनिक बिदा
काठमाडौं – नेवार समुदायले भाइटीका गर्ने दिन मंसिर २ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले हिजोको मन्त्रिपरिषदको बैठकमा बिदाको प्रस्ताव पेश गरेका थिए । श्रेष्ठकै प्रसतावमा मन्त्रिपरिषदबाट बिदाको निर्णय भएको हो । यसपटक नेवार समुदायले कार्तिक ३० गते लक्ष्मीपूजा,...
-
२०७७ कार्तिक २५, मंगलबार
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं – मंगलबार दिउँसो काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
-
२०७७ कार्तिक २५, मंगलबार
आज फाल्गुनन्दको जन्मजयन्ती, प्रदेश १ मा सार्वजनिक विदा
काठमाडौँ – किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउने गरिन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी मंगलबार उनको जन्मजयन्ती मनाइँदैछ । प्रदेश १ सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ । फाल्गुनन्द किराँत समुदायका धर्मगुरु...
-
२०७७ कार्तिक २४, सोमबार
छठ पूर्जा गर्न दिन माग
स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ । मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए । ...
-
२०७७ कार्तिक २४, सोमबार
काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित
काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र...
-
२०७७ कार्तिक २४, सोमबार
थपिए २५७१ संक्रमित, थप १८ संक्रमितको मृत्यु
काठमाडाैं – पछिल्लाे २४ घन्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारीक वेभसाइटमा उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार १ सय २६ संक्रमितको मृत्यु भएको छ । आज सोमबार कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै...
-
२०७७ कार्तिक २४, सोमबार
भाइटीका मनाउन मंसिर २ गते सार्वजनिक बिदा माग
काठमाडौं – नेवार समुदायले यही मंसिर २ गते भाइटीका मनाउने भएकाले सो दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले गरेको छ । समारोह समितिका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा पुगेको टोलीले सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसँगको भेटघाटमा महर्जनले सो माग राखेका थिए । प्रतिउत्तरमा मन्त्री श्रेष्ठले मंसिर २ गते नेवारहरुको भाइटीका परेकोले सो दिन सार्वजनि...
-
२०७७ कार्तिक २३, आइतबार
शंखधरको प्रतिमामा माल्यार्पण कार्यक्रम भीडभाडरहित हुने
आगामी मङ्सिर १ गते पर्ने नेपाल संवतको नयाँ वर्ष ११४१ का दिन मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्यार्पण कार्यक्रम यस वर्ष औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले कोभिड–१९ का कारण विगतका वर्षमा झै भव्यरुपमा कार्यक्रम नगरी...
-
२०७७ कार्तिक २३, आइतबार
थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । आज आइतबार कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६...
-
२०७७ कार्तिक २२, शनिबार
देशभर २७५३ संक्रमित थपिए, उपत्यकामा मात्र १५१२
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रमितको...


