राष्ट्रिय
-
२०७७ कार्तिक १३, बिहिबार
ट्राफिक अनलाइन सेवा प्रभावकारी
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई...
-
२०७७ कार्तिक १२, बुधबार
कोरोना ब्रिफिङ आइतबार र बुधबारमात्र, नियमित अपडेट सामाजिक सञ्जालबाट
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताएका छन्। यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन 'लाइभ' हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आए पनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा. गौतमले...
-
२०७७ कार्तिक १२, बुधबार
उपत्यकामा ८४३ सहित १९५४ जना थपिए कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकाका ८४३ जनासहित १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी ८४३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यसैगरी नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको...
-
२०७७ कार्तिक १२, बुधबार
आज टीकाकाे तेस्राे दिन, मान्यजनबाट टीका ग्रहण गरिँदै
काठमाडाैँ – बडादसैंको टीकाको तेस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम जारी छ । मान्यजनले टीका लगाइदिँदा...
-
२०७७ कार्तिक १२, बुधबार
काठमाडाैँमा आज बिहानको तापक्रम यो वर्षकै कम
काठमाडाैँ – काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । बुधबार बिहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसममा झरेको छ । गत आइतबार उपत्यकाको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अघिल्लो सातादेखि तापक्रम निरन्तर घट्दै गएको छ। मंगलबार न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाडौंको तापक्रम...
-
२०७७ कार्तिक १०, सोमबार
आज दशैँको मुख्य दिन विजयादशमी
काठमाडौं - दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक...
-
२०७७ कार्तिक १०, सोमबार
आज दशैँको मुख्य दिन विजयादशमी
काठमाडौं - दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक...
-
२०७७ कार्तिक ८, शनिबार
आज २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १ हजार ४ सय ४६ पुरुष र ७ सय ७९ महिला रहेका छन् । आज उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा २ हजार ८...
-
२०७७ कार्तिक ८, शनिबार
कुछी भ्वय् खाँदै नेवार समुदाय
कुछी अर्थात दुई माना, भ्वय् अर्थात भोज । नेवार समुदायले दशैँको महाअष्टमीको अवसरमा आज साँझ कुछी भ्वय् खाएर महाअष्टमी पर्व मनाउँदैछन । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई...
-
२०७७ कार्तिक ८, शनिबार
आज महाअष्टमी, शक्तिपीठमा विधिपूजा मात्रै
काठमाडाैँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई...
-
२०७७ कार्तिक ७, शुक्रबार
४४९९ नयाँ संक्रमित थपिए, शुक्रबारमात्र १७ जनाकाे मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। याेसँगै नेपालमा हलासम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै...
-
२०७७ कार्तिक ७, शुक्रबार
गोरखाबाट फूलपाती पठाइयो, साँझ हनुमानढोका दरबार भित्र्याइने
गोरखा – गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती...


