STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ चैत्र ८, मंगलबार

    लेटाङ घटनाबारे सर्वदलीय बैठक

    काठमाडौं - मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको हिसांत्मक घटनापछि बसेको सर्वदलीय बैठकले चारबुँदे  निर्णय गरेको छ । नगरपालिका परिसरमा मङ्गलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ । बैठकपछि नगरपालिकाका मेयर शङ्कर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध...

  • २०७८ चैत्र ८, मंगलबार

    थप ४४ जनामा कोरोना सङ्क्रमण

    पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो ।       स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ...

  • २०७८ चैत्र ८, मंगलबार

    निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न आदेश

    सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।        न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने आयोगको आचारसंहिता कार्यान्वयन नगर्न सो आदेश दिएको हो । आदेशमा भनिएको छ, “दुवै पक्षसँगको छलफलबाट...

  • २०७८ चैत्र ७, सोमबार

    चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउनुहुँदै

    चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ ।   परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११  गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री...

  • २०७८ चैत्र ७, सोमबार

    जातीय विभेद् अन्त्य गर्न कानुनको कार्यान्वयनमा जोड

    जातीय विभेद् अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । छपन्नऔँ अन्तरराष्ट्रिय जातीय विभेद् उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको ‘जातीय विभेद्विरुद्ध राष्ट्रिय कार्यशाला’ को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद्सम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो...

  • २०७८ चैत्र ६, आइतबार

    नेपाल दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देश

    काठमाडौं - नेपाल दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देशको रुपमा दर्ज भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् । खुसी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रति...

  • २०७८ चैत्र ४, शुक्रबार

    आज तराईमा होली

    काठमाडौं - रंगहरूको पर्व फागु अर्थात् होली आज तराई र मधेसमा हर्षोल्लासका साथ मनाइँदैछ । हिजाे काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरूमा हाेली खेलिएकाे थियाे ।  तराईमा रङ पिचकारी, अवीरसहित होली खेल्ने गरिन्छ । होली खेल्नेहरू एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्लासम्म पुग्छन् । चोकमा भेला भएर टोलबासीहरू आपसमा रङ लगाउने गर्छन् । कोरोनाका कारण दुई वर्षयता होली मनाउन नपाएका...

  • २०७८ चैत्र ३, बिहिबार

    ‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

    म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक छाएको छ ।     नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगार पटार...

  • २०७८ चैत्र ३, बिहिबार

    फागुपूर्णिमाको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ । फागुपूर्णिमाका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले...

  • २०७८ चैत्र ३, बिहिबार

    आज फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ, - वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे । फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो । फागुन...

  • २०७८ चैत्र १, मंगलबार

    एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो

    काठमाडौँ - आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ । प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ सम्म दरखास्त दिनेगरी एक लाख म्यादी प्रहरीको भर्ना खोलेको हो । ४० दिनको अवधि रहने म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको व्यक्तिले म्यादी आवेदन दिन सक्ने छ । यो अवधिमा एक म्यादी प्रहरीले जिम्मेवारी पूरा गरेवापत् करिब ४४ हजार रुपैयाँ पाउने छ ।

  • २०७८ चैत्र १, मंगलबार

    प्रशान्त ताम्राकारले अभिनय गरेको होली इष्ट एण्ड वेष्ट गीत सार्वजनिक

    नेपालका ख्यातिप्राप्त मोडल एवं कलाकार  प्रशान्त ताम्राकारले अभिनय गरेको विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालको प्रयासमा तयार भएको यस गीतमा प्रसिद्ध कलाकार  ताम्राकारको अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ ।प्रोजेक्ट बाजा नेपाल नेपाली परम्परागत संगीत संरक्षण एवं प्रवद्र्धनका लागि विभिन्न रचना मार्फत क्रियाशील रहँदै आएको...

Pages