आज उम्मेदवारको नामावली प्रकाशन गरिने
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १५, बिहिबार
काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज (बिहीबार) प्रकाशन गरिने भएको छ ।
१२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हाे ।
१६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन हुनेछ ।
निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४ सय ६५ जनाले उम्मेदवारी दिएका छन् । ३० वैशाखमा चुनाव हुँदैछ ।
Categorized in राष्ट्रिय

