राष्ट्रिय
-
२०७९ बैशाख १२, सोमबार
आज वैशाख १२, गोरखा भूकम्पको सातौँ स्मृति दिवस
काठमाडौं - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४...
-
२०७९ बैशाख ११, आइतबार
आज लोकतन्त्र दिवस
काठमाडौँ - आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका...
-
२०७९ बैशाख ७, बुधबार
‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँः मन्त्री झाँक्री
शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट...
-
२०७९ बैशाख ७, बुधबार
अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने
अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो । यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनुहुनेछ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँहरुले आगामी अप्रिल २२ देखि २४ सम्म...
-
२०७९ बैशाख ५, सोमबार
आज विश्व सम्पदा दिवस
काठमाडौं - विश्व सम्पदा दिवस आज (सोमबार) परेको छ । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । संसारभरका सम्पदाको संरक्षण, प्रवद्र्धन, र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउने उदेश्यले हरेक वर्ष अप्रिल १८ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सम्पदाको संक्षण र सम्वर्द्धनका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष यो दिवस मनाउने गरेको छ ।...
-
२०७९ बैशाख ४, आइतबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने
निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको...
-
२०७९ बैशाख १, बिहिबार
नयाँ वर्ष २०७९ सुरु
काठमाडौं- नयाँ वर्ष २०७९ को शुभारम्भ भएको छ । आज (बिहीबार) वैशाख १ गते अर्थात नयाँ वर्ष २०७९ को पहिलो दिन हो । नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरेर हर्षोल्लास साथ मनाउने गरिन्छ । आजको दिनलाई सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिनका रूपमा लिने गरिन्छ । आज वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग...
-
२०७८ चैत्र ३०, बुधबार
पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण ९मूलघाट,...
-
२०७८ चैत्र ३०, बुधबार
स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९ञ० र ९ठ० अनुसार स्वीकृत नलिई पात्रो र...
-
२०७८ चैत्र २६, शनिबार
भाेलि सार्वजनिक बिदा
काठमाडौं- राम नवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ । रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।
-
२०७८ चैत्र २६, शनिबार
आज चैते दशैं
काठमाडौं - प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको...
-
२०७८ चैत्र २६, शनिबार
फेरि बढाइयो सार्वजनिक सवारी साधनकाे भाडा
काठमाडौँ - काठमाडौँ उपत्यकामा फेरि सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ । उपत्यकासहित समग्र बागमती प्रदेशमा आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधन र भाडाका ट्याक्सीको भाडादर बढाइएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबारको उक्त निर्णय गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । हाल ५ किलोमिटरसम्मको भाडादर १८ रुपैयाँ थियो । यद्यपि उपत्यकाका...


