राष्ट्रिय
-
२०७८ फाल्गुण ११, बुधबार
नेपालभाषाको संरक्षण गर्ने सिक्किम नेवा: गुठीलाई २ लाखको पुरस्कार
भारतमा नेपालभाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि योगदान दिने ‘सिक्किम नेवा: गुठी’ गान्तोकलाई यस वर्षको २ लाख पुरस्कार राशिको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ । झी पुचः (नेपालभाषा तथा सांस्कृतिक) विराटनगरद्वारा बुधबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि नेपालभाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले सिक्किमका सबै जिल्लामा महत्त्वपूर्ण योगदान पुर्याएकाले यही १३ फागुनमा...
-
२०७८ फाल्गुण ११, बुधबार
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह
काठमाडौं - परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक...
-
२०७८ फाल्गुण ११, बुधबार
युक्रेन भ्रमणमा नजान आग्रह
युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा...
-
२०७८ फाल्गुण ११, बुधबार
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गायक लामाको निधनप्रति दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व लामाप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर...
-
२०७८ फाल्गुण १०, मंगलबार
‘नेपाल बुझ्ने’ जनशक्ति तयार पार्न नयाँ विश्वविद्याल
नवलपुर, १० फागुन ९रासस०ः स्वतन्त्र रूपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न सरकारले तयारी अघि बढाएसँगै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०, गैँडाकोटमा विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको छ । गठन आदेश ऐन, २०७७ अन्तर्गत एक वर्षअघि नै ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन गरिएको थियो । स्वदेशका भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझ्ने जनशक्ति पार्ने...
-
२०७८ फाल्गुण ७, शनिबार
आज राष्ट्रिय प्रजातन्त्र दिवस : टुँडिखेलमा विशेष कार्यक्रम
काठमाडौँ – बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ। विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यस अवसरमा विसं...
-
२०७८ फाल्गुण ६, शुक्रबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध पूर्णिमाबाट व्यवसायिक उडान सुरु हुने
काठमाडौं - निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु हुने भएको छ। २०७९ जेठ २ गते बुद्ध पूर्णिमाबाट विमानस्थलको व्यवसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। २०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, संचार उपकरण जडानलगायत सबै काम सम्पन्न गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
-
२०७८ फाल्गुण ४, बुधबार
विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ । महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबैजसो दलले चुनाव केन्द्रित गतिविधि सुरु गरेको देखिन्छ । सरकारले चुनावको मिति तोकेलगत्तै मधेशमा नेकपा ९एमाले० ले...
-
२०७८ फाल्गुण ४, बुधबार
६३९ सङ्क्रमित थपिए
देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७५६ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ४९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६००...
-
२०७८ फाल्गुण १, आइतबार
५२१ मा कोरोना सङ्क्रमण
देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या...
-
२०७८ माघ २६, बुधबार
पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै
गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौँमा बस्न थालेपछि उहाँ ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसक्नुभएको थियो । सङ्ग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ । पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा,...
-
२०७८ माघ २६, बुधबार
राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो । आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको...


