उपत्यका
-
२०७९ जेठ ४, बुधबार
कामपा २८ काे पनि मतगणना सुरु : बालेनकाे अग्रता भंग, स्थापितले ल्याए धेरै मत
काठमाडौं - अहिले वडा नम्बर २८ काे पनि मतगणना सुरु भएकाे छ । प्रारम्भिक परिणाममा बालेन पछि परेका छन् । २०० मतगणना हुँदा स्थापितले सबैभन्दा धेरै ६०, बालेनले ४६ र सिर्जनाले ३३ मत पाएकी छन् । यसैगरी, वडा नम्बर ७ मा भने एमालेका स्थापितलाई भन्दा कांग्रेसकी सिर्जनालाई बढी मत मिलेको छ । अहिलेसम्म ७ नम्बर वडाको ६ सय मतगणना हुन बालेनले २८१, सिर्जनाले ९३ र स्थापितले ८८ मत पाएका छन् । पछिल्लो परिणामअनुसार...
-
२०७९ जेठ ४, बुधबार
काठमाडौं ३ वडामा एमालेकाे प्यानल विजयी
काठमाडौं - काठमाडौं महानगरपालिका-३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित भएका छन् । २ हजार १३८ मतसहित थापाको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४९१ मत ल्याए । थापाको प्यानलबाट महिला सदस्य सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार, खुला सदस्यमा केशवप्रसाद श्रेष्ठ र कृष्ण चालिसे निर्वाचित भएका छन् ।
-
२०७९ जेठ ४, बुधबार
मध्यपुर थिमीको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन्। कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने एमालेका मदनले ११ हजार ३५ मत पाएका छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन्...
-
२०७९ जेठ ३, मंगलबार
बालेनको १२८७७ मत आउँदा स्थापितकाे ६८७८ र सिर्जनाकाे ६१०१ मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १२८७७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६८७८, नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ६१०१, मदनदास श्रेष्ठ (राप्रपा) ले ८०९, सुमन सायमी (स्वतन्त्र) ले ६६७, समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी) ले ८८ मत...
-
२०७९ जेठ ३, मंगलबार
तारकेश्वरकाे मेयर र उपमेयरमा कांग्रेस विजयी
काठमाडौँ — तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने पराजित भएका छन् । २०४९ सालपछि निरन्तर जसो एमालेको पकड रहेको यो क्षेत्रमा पहिलो पटक कांग्रेसले जितेको हो । यसपटक कांग्रेसले मेयर, उपमेयरसहित बहुमत सिटमा जितेको छ । मेयरमा...
-
२०७९ जेठ ३, मंगलबार
बालेनले १० हजार कटाउँदा स्थापित र सिर्जना सिंहकाे ५ हजार बढी मत
काठमाडाैं - शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख तथा उप-प्रमुख पदका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट- प्रमुख काठमाडौं महानगरपालिका १, बालेन साह (स्वतन्त्र)- १०८९९ २, केशव स्थापित (एमाले)- ५८४१ ३, सिर्जना सिंह (कांग्रेस)- ५११४ ४, सुमन सायमी (स्वतन्त्र)- ६३३ ५, समीक्षा बाँस्काेटा (विवेकशील साझा)-७८ ६, मदनदास श्रेष्ठ (राप्रपा)-...
-
२०७९ जेठ ३, मंगलबार
अहिलेसम्म बालेनकाे ९ हजार र सुनिताकाे ७ हजार बढी मतले अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत मात्रै प्राप्त गरेका छन् । बालेनको स्थापितसंग ४ हजार २३८ मतान्तर हो । यसअघिको सार्वजनिक विवरणमा बालेन भन्दा ४,१५६ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले पछि थिए ।...
-
२०७९ जेठ २, सोमबार
काठमाडौंमा बालेन र सुनिताकाे अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले ८२४८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४३४२ मत पाएका छन् । यस्तै, गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ३७८१ मत पाएकी छन् । उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ६३४६ मत पाएकी छन् भने उनका...
-
२०७९ जेठ २, सोमबार
कीर्तिपुरकाे मेयरमा कांग्रेसका नकर्मी विजयी
काठमाडौं - कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी बिजयी भएका छन्। एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्। उनले ९ हजार ४३ मत ल्याए। यस्तै बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्। उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६...
-
२०७९ जेठ २, सोमबार
बालेनले ७५३५ मत ल्याउँदा स्थापितकाे ३९८२ मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह (बालेन) को अग्रता कायमै छ । बालेनले ७५३५ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३९८२ मत प्रदान गरेका छन् । यस्तै, पाँच दलीय गबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३४८२ मत ल्याएकी छन् । उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेका छैनन् । डंगोलले...
-
२०७९ जेठ २, सोमबार
काठमाडौं–२ मा एमाले प्यानलसहित विजयी
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी भएका हुन् । कुल ३३०३ मत खसेकोमा १३७९ मत ल्याउँदै एमालेको प्यानल विजयी भएको हो । यसअघि काठमाडाैं १ मा पनि एमालेले जितेकाे थियाे । महानगरकाे मेयरमा बालेन साहसँग एमालेका केशव स्थापित पछि परे पनि उपमेयरमा सुनिता डंगाेल भारी मतान्तरसहित अग्रता लिएकी छन् ।
-
२०७९ जेठ २, सोमबार
बालेनले ६८ सय मत कटाउँदा स्थापतिको ३४ सय मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार मेयरमा बालेनले ६ हजार ८८६ मत पाएका छन् । बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३ हजार ४१३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत पाएका छन् ।


