उपत्यका
-
२०७९ जेठ १०, मंगलबार
ललितपुरको मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य निर्वाचित
काठमाडौं - चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार चिरीबाबु ४२ हजार सात सय २२ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार एक सय ६२ मतान्तरले पराजित गरे । व्यञ्जनकारले २४ हजार पाँच सय ६० मत ल्याएका छन् । चिरीबाबु २०७४ सालको निर्वाचनमा पनि ललितपुरको मेयर निर्वाचित भएका थिए । ...
-
२०७९ जेठ १०, मंगलबार
वाग्मती किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई पाँच हजार जरिवाना
काठमाडौँ - वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो । गत शनिवार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले पैदल हिँड्ने...
-
२०७९ जेठ १०, मंगलबार
काठमाडौं २६ वडामा कांग्रेस विजयी
काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही...
-
२०७९ जेठ १०, मंगलबार
काठमाडौं ९ र १० वडामा कांग्रेस विजयी
काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली काँग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् । अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा...
-
२०७९ जेठ १०, मंगलबार
बालेनले कटाए ५० हजार मत, केशव र सिर्जनाकाे ३० हजार बढी मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् । मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३०...
-
२०७९ जेठ ९, सोमबार
काठमाडौं २३ वडामा एमालेबाट मचाराजा महर्जन विजयी
काठमाडौं महानगरपालिका २३ वडाकाे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन विजयी भएका छन् । यसैगरी साे वडामा महिला वडा सदस्यतर्फ चन्द्रदेवी मानन्धर, दलित महिला सदस्यतर्फ कन्चना तथा वडा सदस्यतर्फ नेपाली कांग्रेसबाट गोपाल नापित र सुरेश मानन्धर विजयी भएका छन् ।
-
२०७९ जेठ ८, आइतबार
काठमाडौं मेयरमा बालेन र उपमेयरमा सुनिताकाे अग्रता कायमै, सिर्जनालाई पछ्याउँदै केशव स्थापित
काठमाडाैं- काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए । उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो...
-
२०७९ जेठ ८, आइतबार
काठमाडौं ३१ वडाध्यक्षमा एमाले विजयी
काठमाडौं - काठमाडौँ महानगरपालिका–३१ मा नेकपा एमालेका उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्धी रवीन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ । महिला...
-
२०७९ जेठ ८, आइतबार
बालेनकाे अग्रता कायमै, सिर्जनाले केशवलाई पछि पारे
काठमाडौं - काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् । त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन्...
-
२०७९ जेठ ७, शनिबार
बालेनले कटायाे ३३ हजार मत, अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरसहितको यात्रामा निरन्तर अघि बढेका छन् । शनिबार बिहानसम्म बालेनले ३३ हजार २६० मत पाइसकेका छन् । एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । स्थापित र बालेनको मतान्तर १५ हजार ५६८ छ । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । स्थापित र सिर्जनाको मतान्तर ११३ छ । हालसम्म वडा...
-
२०७९ जेठ ६, शुक्रबार
भित्री सहरका २५, २६ र २७ वडाकाे मतगणना सुरू : केशवकाे मत बढी
काठमाडौं - काठमाडौंको कोर एरियाका रुपमा चिनिने ३ वटा वडाको मतगणना अहिले जारी छ । यीमध्ये २ वटा वडामा एमालेका उम्मेदवार केशव स्थापितले र एउटामा स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिएका छन् । हाल कोर एरियाभित्रका वडा नम्बर २५, २६ र २७ को मतगणना भइरहेको हो । कुल मिलाएर यी ३ वटा वडामा १४९२ भोटको गणना सकिएको छ । जसमा ४५१ मत ल्याएर स्थापित अग्रस्थानमा छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह छिन्...
-
२०७९ जेठ ६, शुक्रबार
काठमाडौं ३० वडामा कांग्रेस प्यानल विजयी
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे । त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र...


