उपत्यका
-
२०७९ बैशाख २९, बिहिबार
मतदान केन्द्र अनुगमन
स्थानीय तहको निर्वाचन आउन एक दिन बाँकी हुँदा बुधबार जिल्लाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्र अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा खटिएका पदाधिकारीले जिल्लाका विभिन्न ठाउँका मतदान केन्द्र, मतदानस्थल र मतगणनास्थल अनुगमन गरेका हुन् । मतदानस्थलको तयारी कस्तो भइरहेको छ, मतदानपछि कसरी मतपेटिका लैजाने, मतगणनास्थलको तयारी कस्तो छ, थप गर्नुपर्ने अवस्था भए नभएको बारेमा...
-
२०७९ बैशाख २९, बिहिबार
कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल
भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं। १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । वडा नं २३...
-
२०७९ बैशाख २९, बिहिबार
सुनसान बने काठमाडौँ उपत्यकाका सडक
शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रिकृत भएका छन् । काठमडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट...
-
२०७९ बैशाख २५, आइतबार
'सरकारले ध्यान नदिँदा काठमाडौंका मौलिक सभ्यताहरु लोप हुने अवस्थामा'
काठमाडौं - सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पुर्याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएकी हुन् । उनले...
-
२०७९ बैशाख २१, बुधबार
ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता
काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन्...
-
२०७९ बैशाख २०, मंगलबार
दश दिनदेखि उपत्यकाको फोहर सडकमा
पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहर विसर्जन गरिएको...
-
२०७९ बैशाख १८, आइतबार
काठमाडौंका ४ वडाका दलित महिला सदस्य निर्विरोध
काठमाडौँ - आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १-१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । नर्वाचित हुुनेहरुमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (...
-
२०७९ बैशाख १८, आइतबार
नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा
नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक प्रभाव पर्नेछ...
-
२०७९ बैशाख १३, मंगलबार
कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी
काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराउनुभएको हो । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...
-
२०७९ बैशाख ११, आइतबार
मेलम्चीको पानी पुनःवितरण सुरु
मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी खोलेर पुनःवितरण सुरु गर्नुभएको हो । आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महाङ्काल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण...
-
२०७९ बैशाख १०, शनिबार
चन्द्रागिरी नगरपालिकाबाट वितरण गर्न लागिएको साडी प्रहरीद्वारा बरामद
काठमाडौं - प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी...
-
२०७९ बैशाख १०, शनिबार
आइतबारबाट काठमाडौंमा मेलम्चीको पानी
आइतबारबाट काठमाडौंबासीकोको धारामा मेलम्चीको पानी आउने भएको छ । गत मंगलबारबाट सुन्दरीजलमा पानी प्रशोधन गरिएकोमा आइतबार वितरण सुरू गरिने खानेपानी मन्त्रालयले जानकारी गराएको छ । मेलम्चीको क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी आयोजनाको हेडवक्र्सबाट सुरुङतर्फ गत चैत २९ मा पानी पथान्तरण गरिएको थियो । मन्त्रालयले पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर...


