उपत्यका
-
२०७९ जेठ २७, शुक्रबार
मध्यरात काठमाडौंकाे फाेहाेर उठाउने सहमति
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । बिहीबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर लैजान पाइने छ । आज (शुक्रबार)देखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने छ । सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ...
-
२०७९ जेठ २६, बिहिबार
नबिलकाे शाैचालय पनि सर्वसाधारणले निःशुल्क प्रयाेग गर्नपाउने
काठमाडौं - नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । बुधबार काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ । तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय...
-
२०७९ जेठ २६, बिहिबार
बञ्चरेडाँडामा फोहोर फाल्न सकिएन्, काठमाडौंको सडकमा फोहोरको पहाड
काठमाडौं - काठमाडौंका सडकमा महिनादिनदेखि थुप्रिएका फोहोरले यहाँका सडक दुर्गन्धित बन्दै गएको छ भने अर्कोतर्फ यहाँको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू पनि फोहोर नफाली फर्किएका छन् । बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । फोहोरकाे राजनीतिले काठमाडौंका नवनिर्वाचित...
-
२०७९ जेठ २४, मंगलबार
काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित
काठमाडौं - काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी)की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका...
-
२०७९ जेठ २२, आइतबार
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
काठमाडौं- नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (...
-
२०७९ जेठ २१, शनिबार
होन्डाको सबै शोरुममा निःशुल्क शौचालय प्रयाेग गर्न पाइने
दुई पाँग्रे सवारी साधन होन्डाको सबै शो रुमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ । परिवर्तन सुरु हुन्छ हामीबाट भन्ने मुल नाराका साथ कम्पनीले यो योजना सुरु गरेको हो । एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होन्डा शो रूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने ज्योती ग्रुपका निर्देशक शौरभ ज्योतिले घोषणा गरे । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्टका शौचालय र पेट्रोल पम्पका शौचालयलाई सावर्जनिक...
-
२०७९ जेठ २१, शनिबार
आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै
काठमाडौं - आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्ममती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा स्थानीय बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर...
-
२०७९ जेठ १९, बिहिबार
स्वर्णमय बन्यो गोकर्णेश्वर महादेव मन्दिरको छाना
काठमाडौँ - दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको छ । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी आज क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ । कार्यक्रमको शुभारम्भ...
-
२०७९ जेठ १७, मंगलबार
मेलम्चीको पानी बन्द
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ । निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि...
-
२०७९ जेठ १६, सोमबार
काठमाडौंका हाेटलका शाैचालय सार्वजनिक प्रयाेगमा ल्याइने
काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए । यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि...
-
२०७९ जेठ १६, सोमबार
काठमाडौंका समस्या सुनुवाइकाे लागि कल सेन्टर र समाधान टास्कफाेर्सबाट
काठमाडौं - काठमाडौं महानगरको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापन सम्बन्धी एजेन्डा प्रमुखताका साथ उठाइएको छ। काठमाडौंमा फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि महानगरको पहिलो बैठकमै फोहोर व्यवस्थापन कसरी गर्ने सम्बन्धमा बहस चलेको हो। सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क...
-
२०७९ जेठ १६, सोमबार
मेयर बालेनद्वारा पदभार ग्रहण, आज ४ बजे नगरसभाकाे पहिलाे बैठक बस्दै
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि साहले महानगर बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ । उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताए।


