STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनले कटायाे ३३ हजार मत, अग्रता कायमै

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ७, शनिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरसहितको यात्रामा निरन्तर अघि बढेका छन् । शनिबार बिहानसम्म बालेनले ३३ हजार २६० मत पाइसकेका छन् । 

एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । स्थापित र बालेनको मतान्तर १५ हजार ५६८ छ । 

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । स्थापित र सिर्जनाको मतान्तर ११३ छ ।

हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

Categorized in उपत्यका