STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरको मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । 

नेपाली काङ्ग्रेसका उम्मेदवार चिरीबाबु ४२ हजार सात सय २२ मत ल्याएर विजयी भएका हुन् । 

उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार एक सय ६२ मतान्तरले पराजित गरे । व्यञ्जनकारले २४ हजार पाँच सय ६० मत ल्याएका छन् । 

चिरीबाबु २०७४ सालको निर्वाचनमा पनि ललितपुरको मेयर निर्वाचित भएका थिए । 

उपमेयरमा एमालेकी मञ्जली शाक्य २५ हजार ८४ मतसहित विजयी भएकी छिन् । उनले गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्रचार्यलाई पराजित गरिन् । 

बज्राचार्यको १८ हजार सात सय ५२ मत आएको छ । 

Categorized in उपत्यका