STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ बैशाख ३, सोमबार

    सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न सुरु गरेको छ । चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यसहित ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न सुरु गरिएको महानगरले जनाएको छ । यस विषयमा १७ फागुन २०८० मा महानगर र प्रतिष्ठानबीच सम्झौता भएको थियो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र...

  • २०८० चैत्र २९, बिहिबार

    नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

    काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर...

  • २०८० चैत्र २७, मंगलबार

    असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न

    काठमाडौं - काठमाडौंको व्यस्त बजार असनमा सोमबार अजिमाहरुको द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका स्थानीयहरुले कंग अजिमा, लुँमधि अजिमा र वँतु अजिमाको तीनवटा खट घुमाएर द्यः ल्वाकेगु जात्रा सम्पन्न गरेका छन् । यसक्रममा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ ।...

  • २०८० चैत्र २७, मंगलबार

    काठमाडौंमा घोडेजात्रा मनाइयो

    काठमाडौं - चैत्र कृष्ण औँसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सँस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।...

  • २०८० चैत्र १८, आइतबार

    सामुदायिकतर्फ जेठो संस्था केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस सम्पन्न

    सामुदायिकतर्फ नेपालको जेठो संस्था केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ  । हजारौंको संख्यामा सहभागी हुने सो भोज कार्यक्रमको जिम्मेवारी यो वर्ष काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको हो । आगामी वर्षको लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई परम्परागत भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ । वटु टोलका विजय...

  • २०८० चैत्र १४, बुधबार

    सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको...

  • २०८० चैत्र १३, मंगलबार

    महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

    नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिएको  साधना महिला पत्रकारिता सम्मानबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन् ।  सो सम्मान आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई  साधना महिला पत्रकारिता सम्मान गर्नु  भएको हो  । साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा  पत्रकारमा  गोरखापत्र दैनिकका...

  • २०८० चैत्र ११, आइतबार

    जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा

    काठमाडौं- प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर...

  • २०८० चैत्र ८, बिहिबार

    २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

      काठमाडौँ, ८ चैत : ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित हुनुहुन्छ । ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना...

  • २०८० चैत्र ८, बिहिबार

    प्रहरी र सशस्त्रका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुने

    काठमाडौँ - नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो। जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला...

  • २०८० चैत्र ८, बिहिबार

    लामिछानेको निर्देशन : ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्नू

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ।  सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्नेगरी ठमेल र...

  • २०८० चैत्र ६, मंगलबार

    उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

    काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी...

Pages