STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० माघ २२, सोमबार

    धरहराको निःशुल्क पार्किङ बन्द नहुने : बालेन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको...

  • २०८० माघ १८, बिहिबार

    खुलामञ्चलाई दुबोको चउर बनाइँदै

    काठमाडौँ - राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास...

  • २०८० माघ १६, मंगलबार

    सहिद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‌यो स्मृति सभा

    काठमाडौं - काठमाडौं महानगरले शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा स्मृति सभा गरेको हो । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । आज नै महानगरले महानगरको वडा नम्बर २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने...

  • २०८० माघ १४, आइतबार

    काठमाडौंका शिक्षा विभाग प्रमुख कोइरालासँग बालेनले मागे स्पष्टीकरण

    काठमाडौं - काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र...

  • २०८० माघ १२, शुक्रबार

    व्यवसायी समितिले गर्यो महानगरपालिकाविरूद्ध आन्दोलन घोषणा

    काठमाडौँ - संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर महानगरले सडक व्यवसायीलाई दमन गर्ने नीति अँगालेका कारण...

  • २०८० माघ १२, शुक्रबार

    बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

    काठमाडौं - काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल...

  • २०८० माघ १२, शुक्रबार

    न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी...

  • २०८० माघ ९, मंगलबार

    कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’को लागि जापानसँग ३१ अर्ब ऋण लिइने

    काठमाडौं- सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।...

  • २०८० माघ ९, मंगलबार

    पार्किङ हटाएपछि न्युरोडका व्यवसायी आक्रोशित

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।  न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ । पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरुले...

  • २०८० माघ ९, मंगलबार

    रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो एक करोड बजेट

    ललितपुर- ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।  महानगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगरसभाले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको...

  • २०८० माघ ९, मंगलबार

    काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीको विरोध प्रदर्शन

    काठमाडौं- काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेला, गाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा...

  • २०८० माघ ९, मंगलबार

    आजदेखि न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध

    काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न...

Pages