उपत्यका
-
२०८१ आषाढ ३, सोमबार
उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार
काठमाडौं - श्रम ऐनअनुसार तलब सुविधा पाउनुपर्ने मागसहित पेट्रोलियम मजदूरहरूले डिपोबाट इन्धन नउठाएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको हो । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् । भद्रकाली र लगनखेलमा रहेको सेनाको पम्पमा लामो लाइन देखिएको छ...
-
२०८१ जेठ ३०, बुधबार
नक्साल गाःहिति पुनरुत्थान : पानीको निकास थुन्नेलाई जरिवाना
काठमाडौं - नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल गाःहिति पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए । समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका...
-
२०८१ जेठ २९, मंगलबार
चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव
देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा प्रशिक्षणको उद्घाटन गर्नुभयो । नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म...
-
२०८१ जेठ २७, आइतबार
उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठले लेन अनुशासन,...
-
२०८१ जेठ २५, शुक्रबार
महानगरभित्र रङ्गीचङ्गी बत्ती हटाउन कार्यदलको सिफारिस
काठमाडौं- सुन्दरता र सजावटका लागि सडक किनारा, रूख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ। शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै...
-
२०८१ जेठ २५, शुक्रबार
लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै
लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो । रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी...
-
२०८१ जेठ २१, सोमबार
नगर प्रहरीको अवरोध बावजुद गरियो न्युरोडको सडक कालोपत्र
काठमाडौं- न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ। सोमबार महानगरले भत्काएको सडक किनारामा कालोपत्र गर्न पुगेको सडक डिभिजनको टोलीमाथि महानगर प्रहरीले अवरोध खडा गरेको थियो। त्यसकाबीच पनि सडक डिभिजन कार्यालयले सडक कालोपत्र गरेको हो। सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले...
-
२०८१ जेठ २१, सोमबार
गोदावरीका मेयरसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ। आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट...
-
२०८१ जेठ २१, सोमबार
सडक निर्माण रोक्न न्युरोडमा नगर प्रहरी, स्थानीयबासीसँग भनाभन
काठमाडौं - सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ। काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्यूरोड सडक किनाराको पीच भत्काएको थियो। महानगरले भत्काएको उक्त आज सडक विभागले बनाउन थालेको थियो। स्थानीयहरूले...
-
२०८१ जेठ २१, सोमबार
महानगरले भत्काएको न्युरोड सडक विभागले टाल्दै
काठमाडौं - काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको पीच सडक विभागले निर्माण गर्न सुरू गरेको छ। स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए । त्यसलाई रोक्न सडक विभागले...
-
२०८१ जेठ १८, शुक्रबार
टिचिङ हस्पिटलको कम्पाउण्डभित्रका दुईवटा फार्मेसीमा महानगरले लगायो ताला
काठमाडौं – काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल((टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ। अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिए। उनले भने, ‘हामी अर्कै...
-
२०८१ जेठ १४, सोमबार
सगरमाथा आरोहणमा कीर्तिमान बनाएकी श्रेष्ठलाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं - एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो ।...


