relans
ni new 83
nib 2082 5

सिद्धिश्वरमान अक्षलोक साहित्यिक व्यक्तिहरूलाई सम्मान

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ७, सोमबार

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पुर्याएका साथै नेपाली संगीत, कला, र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका बाइस जना व्यक्तित्व र दुई संस्थालाई एक समारोहमा सम्मान गरेको छ । 

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न समारोहमा अक्षलोक साहित्यिक पत्रिकाको ६७औ अंकको लोकार्पण पनि गरिएको थियो । समाज सेवी तथा राजनिती कर्मी विजय सुब्बा, नेपालभाषाकी विख्यात साहित्यकार सुवर्ण केसरी चित्रकार, समाजसेवी तथा राजनितिकर्मि सुजिता शाक्य, डा. सावित्री श्रेष्ठ, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव, सुमनराज अर्याल आदिको आतिथ्यतामा भएको कार्यक्रम सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नगद रू १०,००० सहितको सिद्धिश्वरमान मिलनमुक्ति उत्कृष्ट समाजसेवी पुरस्कार हेटौंडामा रहेको आमाघरका निर्माता प्रा. विजय राज सिग्देललाई प्रदान गरेको छ । यसै गरि, नगद रू १०,००० सहितको “सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार” डा. तिलकराम आचायलाई प्रदान गरिएको छ । नगद रू १०,००० सहितको “सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार” म्यानमारमा रहि नेपाली भाषी समाज र साहित्यमा योगदान गर्दै आउनुभएकी तुलसी थापालाई गरिएको छ । 

कृन्द्रले नेपाली साहित्यको समालोचना र कथा बिधामा दशकौं देखि विशेष योगदान पु¥याउनु हुने प्रा. डा. दयाराम श्रेष्ठलाई सर्वोत्कृष्ट शताब्दी समालोचना सम्मान र प्रा. डा. ध्रुव चन्द्र गौतमलाई सिद्धिश्वरमान  सर्वोत्कृष्ट शताब्दी कथा सम्मान  प्रदान गरेको थियो । यसको साथै केन्द्रले नेपाल भाषा साहित्य क्षेत्रलाई सम्पन्न बनाउन सहयोग गर्नुभएका चार विशिष्ट साहित्यकारहरू मनदेवी तन्दुकार, ध्रुव मधिकर्मी, मोतीलक्ष्मी शाक्य, र सुरेश किरण लाई नेपाल भाषाको सँझ्याः कलात्मक झ्यालको रुपमा सम्मानित गरिएको छ । केन्द्रले यी बाहेक विभिन्न क्षेत्रमा उत्प्रेरणामुलक व्यक्तित्योहरूलाई पनि सम्मान गर्ने जर्मको गरेको छ । जसमा कुल बहादुर थापा बगाले, दीपक जङ्गम, प्रा. डा. वीणा पौडेल, प्रा. डा. हेमनाथ पौडेल, शान्ता मानवी, के के कर्माचार्य, वासुदेव अधिकारी, राजन प्रसाद न्यौपाने, तनुजा महर्जन, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, दीपक आचार्य, र रामबाबु नेपाल रहेका थिए । यी व्यक्तित्वहरू बाहेक नेपाली साहित्य उत्थानमा विशेष योगदानको लागि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान तथा पारिजात स्मति केन्द्र संस्थाहरूलाई पनि विषेश सम्मान गरिएको छ ।

कार्यक्रममा स्वर्णिमा श्रेष्ठ, जयन्ती स्पन्दन लगायतका साहित्यकारहरुले रचना वाचन पनि गरेका थिए । प्रतिनिधि सभाका सम्माननीय सभामुख देव राज घिमिरे कार्यक्रममा प्रत्यक्ष सहभागी नहुनु भएता पनि वँहाले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य पठाउनु भएको थियो ।

Categorized in उपत्यका
ppp 2