STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ११, आइतबार

काठमाडौं- प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ।'

यसैगरी, ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा ७ सय ८४ वटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

लागूपदार्थ सेवन (लापसे), मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेलमेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो।

ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।

होलीमा अवाञ्छित गतिविधि गर्ने १०२ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा

होली पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

जबरजस्ती रङ्ग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए।

‘यसपटकको फागु पूर्णिमा विगत वर्ष हेर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण भयो। ठूला अपराधका घटनाहरु भएका छैनन्,’ उनले भने।

मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको पनि प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै साढे ६ सय मोटरसाइकल/स्कुटर होल्ड गरिएको छ। १५ वटा सवारी साधन पनि होल्डमा परेका छन्।

कार्यालयका एसपी अवधेश बिष्टले लापरवाही गर्ने र मापसे गरि सवारी साधन चलाउनेलाई होल्ड गरिएको बताए।

 

Categorized in उपत्यका