STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र १३, मंगलबार

नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिएको  साधना महिला पत्रकारिता सम्मानबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन् ।  सो सम्मान आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई  साधना महिला पत्रकारिता सम्मान गर्नु  भएको हो  ।

साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा  पत्रकारमा  गोरखापत्र दैनिकका पत्रकार यलु जोशी . नेपाल समाचारपत्रका   भगवती तिमल्सिना, नेपाल टेलिभिजनका पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता  रिता महर्जन, नयाँ पत्रिकाका शान्ति तामाङ, स्वतन्त्र फोटो पत्रकार  सुनी बनेपाली हुनुहुन्छ ।

उपप्रधान मन्त्री यादवले महिला पत्रकार पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सम्मानयोग्य भएको धारणा राख्नुभयो । “महिलाको उपस्थिति विना कुनै पनि क्षेत्र पूर्ण हुन सक्दैन । त्यसैले  महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको छ” उहाँले भन्नु भयो  ।

नेवार समुदायको संस्कृति, परम्पराविना काठमाडौँको अस्तित्व नै नरहने  खालि सरह हुने  बताउनुभयो । नेवार समुदायले संस्कृति, सम्पदा र परम्पराको रक्षा गरी देशलाई चिनाएको उहाँको भनाइ छ ।

साधना महिला पत्रकारिता सम्मानको यो आठौँ संस्करण हो । सोही अवसरमा दबूको त्रेमासिक प्रकाशनं नेपालभाषा पत्रिका “ आज्जु  ” को  उपप्रधान मन्त्री यादवले बिमोचन गर्नुभयो ।

दबूका केन्द्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो समारोहमा दबूका सह सचिव एवं समारोह संयोजक सुनिता महर्जनले स्वागत र उपाध्यक्ष रचना श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने दबूका निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य, कानूनी सल्लाहकार किरन शाक्य , केन्द्रिय सल्लाहकार विजयरत्न असंबरे , दबूका ललितपुर शाखाका अध्यक्ष मन्जु बज्राचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।

Categorized in उपत्यका